काठमाडौं, २४ फागुन । संघीय समाजवादी फोरम नेपालले रेशम चौधरीलगायत ११ जनालाई जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएको सम्बन्धमा आप्mनो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघीय फोरमका महासचिव रामसहायप्रसाद यादवले आज शुक्रबार प्रेस विज्ञप्ती जारी गरी पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।

संघीय फोरमले थरुहट आन्दोलन पनि राजनीतिक आन्दोलन भएकाले राजनीतिक रुपमै समाधानको खोजी गर्नुपर्ने जनाएको छ ।

रेशम चौधरी लगायतलाई जन्मकैदको पैmसला गरिएकाले त्यसबाट समस्या समाधान हुनुको सट्टा झन जटिलता उत्पन्न हुने भन्दै सरकारलाई सचेत समेत गराइएको छ ।

 

1 COMMENT

  1. त्यॊ प्रेस बिज्ञप्ती पत्र मा अध्यक्ष उपेन्द्र कॊ हस्ताक्षर खॊई त….? समाचार मा फॊटॊ उपेन्द्र कॊ राखेर हाम्लाई बेवकुफ बनाउने..?

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here