इतिहास साक्षी छ न्यायाधीशज्यू, समाज सुधारको नाममा राजा जयस्थिति मल्लले चार जात १८ बर्णमा बिभाजन गरेको । बिभेदकारी वर्ण ब्यबस्थालाई कानुनी रुपमा मान्यता दिनका लागि जंगबहादुर राणाले मुलुकी ऐन १९१० कानुन नै बनाएको । त्यसको प्रतिस्वरुप नेपालको पहिलो लिखित संबिधान “नेपालको सरकारको बैधानिक कानुन २००४” हुँदै “नेपालको संविधान” र हालको “मुलुकी अपराध (संहिता) ऐन २०७४” मल्लकै मनोबिज्ञानमा आधारित बिभेदकारी कानुनले प्रश्रय पाएको छ श्रीमान् ।

श्रीमान्—-
एउटै राजद्रोह घटनामा मुछिएका धर्म भक्त माथेमा, दशरथ चन्द, शुक्रराज जोशी, गंगालाल श्रेष्ठ, टंकप्रसाद आर्चाय आदि खुल्ला मञ्चमा राणाशासन विरुद्ध मुर्दाबादको भाषण गर्ने श्रेष्ठ, माथेमा, चन्द, जोशी भन्नु नै पर्ने हो भने नेवारहरुलाई मृत्युदण्डको सजाय दिइन्छ । तर बाहुन भएकै कारण टंकप्रसाद आर्चायलाई बाहुनको टुपी काटी गाउँ निकाल गर्ने सजाय दिइन्छ । किन कि हिन्दु मनुस्मृतीले बाहुन बाहेक अरु जातलाई मात्र मृत्युदण्ड दिने सजायको कानुनी ब्यबस्था गरिएको थियो । यो कस्तो खालको कानुन हो श्रीमान् ?

श्रीमान्—-
नेपालको राजनीतिक घटनालाई हेर्दा झापा बिद्रोहको घटनामा सयौं सङ्ख्यामा मानिसहरुको मृत्यु भएको थियो, जसको नेतृत्व हालको सम्मानिय प्रम केपी शर्मा ओली हुनुहुन्छ । १२ बर्ष जनयुद्धका नेतृत्व प्रचण्ड दाहाल र बाबुराम भट्टराई हुन्, जसमा हजारौं निर्दोष मानिसहरुले ज्यान गुमाईएको थियो र मारिएको थियो ।

सशस्त्र दन्द्दका बेला ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा जन्म कैद सजाय सुनाएको बालकृष्ण ढुङ्गेललाई सरकारले गणतन्त्रको दिन आम माफी दिने निर्णय गरेको छ । अस्ति बर्खर काठमाडौमा एलसेलको टावरमा भएको बोम बिस्पोष्टमा निर्दोष गुरुङको मृत्यु भएको थियो, जुन घटनाको जिम्मेवारी बिप्लपले लिएको थियो । तर सजाय कहाँ छ श्रीमान् ?

जिल्ला अदालत कैलाली न्यायाधीश पर्शुराम भट्टराईले दिएको फैसला सम्पूर्ण न्यायप्रेमी र पहिचानप्रेमीहरुको लागि यो अन्तिम फैसला होइन र मनादैनौं पनि ।

श्रीमान् मैले नबुझेको कुरा 
यो देशको ओली, दाहाल, भट्टराई आदिले नेपाली जनताको न्यायका लागि आन्दोलन गर्दा यो देशको प्रधानमन्त्री बन्न हुने, तर आदिवासी जनजाति, मधेशी, दलित, उत्पीडित सीमान्तकृत समुदायको मुक्तिको लागि, न्यायको लागि पहिचानको लागि समग्र नेपाली समाजको न्याय र मुक्तिको आन्दोलन गर्दा यो देशको भुमिपुत्र थारुको छोरा जन्मकैदको सजाय पाउनुपर्ने यो कस्तो न्याय हो श्रीमान ? राजनीतिक घटनाको रुपमा हेर्ने हो भने ओलीको, भट्टराईको र दाहालको भन्दा के फरक छ श्रीमान् ?

टिकापुर घटनामा ७ जना प्रहरी १ बच्चा सहित ८ जनाको ज्यान गएको आन्दोलनमा संलग्न भएको आरोपमा नै चौधरी जन्मकैदको सजाय बस्नु पर्ने ? यो कस्तो निर्णय हो न्यायाधीश ? यो कस्तो न्याय हो श्रीमान ? नत चौधरी आफैले ८ जनालाई मारेको हुन ? नत त्यो घटनामा नै सहभागी भएका थिए । मात्र घटनामा संलग्न भएकै आरोपमा जन्मकैदको सजाय दिनु निरअपराधीलाई जबर्जस्ति अपराधी हो भन्नु यो कस्तो न्याय हो श्रीमान् ? यो कस्तो निर्णय हो श्रीमान् ?

श्रीमान्—-
उज्जनकुमार श्रेष्ठको हत्या गरेको बालकृष्ण ढुङ्गेललाई जन्म कैद सजाय भोग्दै गरेको ढुङ्गेल (बाहुन)लाई न्यायाधीशले आम माफी दिने फैसला गर्छ । तर कसैको हत्या नै नगरेको माननीय रेशम चौधरीलाई हत्याको आरोपमा जन्मकैदको सजायको फैसला गर्छ, यो कस्तो निर्णय हो श्रीमान् ? श्रीमान तपाईंले कार्यबिधी कानुनमा पढनु भएको कुरा बिर्सनुभयो होला । स्मरण रहोस् श्रीमान् सय जना अपराधी छुटुनुन् तर एक निरअपराधी सजायको भागीदार नबनोस् । आज जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलासले निरअपराधी माननीय रेशम चौधरीलाई अपराध बनाउने र सजाय दिने जुन फैसला सुनाईएको छ, म आफू सामाजिक अभियन्ता र कानुनको विद्यार्थी भएको नाताले यस बिभेदकारी फैसलाको घोर भत्सर्ना गर्दछु, श्रीमान् ।

श्रीमान्—-
जिल्ला अदालत कैलाली न्यायाधीश पर्शुराम भट्टराईले दिएको फैसला सम्पूर्ण न्यायप्रेमी र पहिचानप्रेमीहरुको लागि यो अन्तिम फैसला होइन र मनादैनौं पनि । माननीय रेशम चौधरी हिजो पनि निर्दोष हुनु थियो, आज पनि निर्दोष हुनुहुन्छ, त्यो प्रमाणित गर्नको लागि अझै पनि उच्च अदालत, सबौच्च अदालत र अन्तर्राष्ट्रिय अदालत जाने ठाउँ छन् ।

माननीय रेशम चौधरी त्यो अदालतमा जाने हुनेछ र फैसला त्यो अदालतले गर्नेछ, जुन न्यायाधीशको सुन्ने कान हुनेछ, देख्ने आँखा बन्द हुनेछ, एक हातमा तराजु र एक हातमा कलम बोकेर निष्पक्ष रुपमा दुधको दूध पानीको पानी छुटयाउने हिम्मत गर्ने सर्क्ने न्यायाधीश जो अदालतमा बस्ने न्यायाधीशले फैसला गर्नेछ श्रीमान् ।

अशोक राई, अध्यक्ष, समाजबादी विद्यार्थी फोरम नेपाल प्रदेश नं ३ तथा 
आदिवासी जनजाति विद्यार्थी महासंघ त्रिभुवन बिश्वबिद्धालय

2 COMMENTS

  1. जिल्ला अदालत त देखाउने दात मात्र न हो त्यो दिन समग्र तेस प्रदेश को सुरछ्या निकएको बैथक बसि निर्धारित सरकरको रनैतिक उपज हो फैसल होइन । सछिकै फैसल हो भने सबै बयन हेर्दा थ्हह हुन्छ छुत्ने र आजिबन कैद भेको मुद्दाको मिसिल बत थह हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here