खोटाङ, २२ फागुन । खोटाङको चिसापनी स्वास्थ्य केन्द्रमा आगामी चैत २५ देखि २८ गतेसम्म निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्रीका प्रमुख सल्लाहकार तथा संघीय समाजवादी फोरम नेपालका नेता डा केके राईले उक्त जानकारी गराएका हुन् ।

उक्त शिविरमा आँखाको परिक्षण र मोती विन्दुको निःशुल्क अपरेशन समेत गरिनेछ ।

यसअघि खोटाङको सत्र स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । उक्त शिविर सञ्चालनका क्रममा आँखाको मोतीविन्दु धेरै जेष्ठ नागरिकहरुमा देखिएकाले आँखा शिविर सञ्चालन गर्न लागिएको डा राईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here