काठमाडौं, १७ फागुन । खोटाङको पाँच वटा गाउँपालिकामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि सम्बन्धित गाउँपालिकामा बजेट समेत पठाइसकिएको उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवका प्रमुख सल्लाहकार डा केके राईले जानकारी दिए ।

साकेला गाउँपालिका–४, बहारापोखरी गाउँपालिका–३, दिप्रुङ गाउँपालिका–६, खोटेहाङ गाउँपालिका–८ र रावाबेसी गाउँपालिका–४ मा यसै वर्षदेखि आधारभूत स्वास्थ्य केन्द्र निर्माण गरिनेछ ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य समेत रहेका डा राईले तत्काल काम सुरु हुने गरी प्रदेश नं १ सरकारमार्फत बजेट पठाइएको बताए ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री भएपछि खोटाङलगायत देशभरिकै नगरपालिका र गाउँपालिकाको वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने कार्यक्रम ल्याइएको हो ।

डा राईका अनुसार वडा रहेका हेल्थपोष्टहरुलाई नै एमबीबीएस डाक्टर रहने गरी स्तरोन्नति गरी आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको हो ।

६५ दशमलव ८८ स्क्वायर मिटर क्षेत्रफलमा निर्माण हुने प्रत्येक आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि ३८ लाख ८६ हजार रुपैयाँ बिनियोजन गरिएको छ ।

भवनकाे नक्सा

खोटाङमा आठ गाउँपालिका र दुई नगरपालिका छन् । बाँकी रहेका तीनवटा गाउँपालिका र दुईवटा नगरपालिकाका विकट वडामा आमागी आर्थिक बजेट छुट्याइने डा राईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here