दिवस राई किरात राई यायोक्खाको इतिहासमै लामो समय कार्यवाहक अध्यक्ष भएर काम गरेका व्यक्ति हुन् । कार्यकारी अध्यक्ष धरानमा रहेर नेतृत्व गर्नुपर्ने भएपछि केन्द्रीय कार्यालय काठमाडौंमा कार्यवाहकको रुपमा काम गर्नु प¥यो उनले

किरात राई समुदायको साझा संस्थायायोक्खा यतिवेला १० राष्ट्रिय महाधिवेशनको तयारीमा छ ।
यही फागुन १८, १९ र २० गते सुनसरी धरानमा हुने महाधिवेशनको तयारी र कार्यकालको समीक्षा लगायतको बिषयलाई लिएर राईसँग गरिएको कुराकानी ।

राष्ट्रिय महासधिवेशनको तयारीबारे बताइदिनुस् त ।
प्रचारप्रसार तीव्र रुपमा भइरुहेको छ । आर्थिक सहयोग संकलनको साथै १७ वटा देशमा रहेका संगठनहरुसँग समन्वय भइरहेको छ । जिल्ला, भातृ, भाषिक तथा सम्बन्धनप्राप्त संगठन महाधिवेशनको अन्तिम अन्तिम तयारीमा जुटेका छौं ।

महाधिवेशन धरानमै गर्नुको कारण के हो ?
किराती समुदायले धरानलाई राजधानीको रुपमा लिँदै आएको छ । विजयपुरगढी किराती समुदायको इतिहास र पुरातत्वसँग पनि जोडिएको ठाउँ हो धरान । भौगोलिक हिसावले पनि १ नम्बर प्रदेशको केन्द्र हो । त्यही भएर यो महाधिवेशन भूगोलमै गर्ने निर्णय गरेका हौं ।

प्रतिनिधि पर्यवेक्षकको व्यवस्था कस्तो छ ?
यायोक्खाको नेपालमा २६ वटा जिल्ला समितिहरु छन् । आठ भातृ, २८ वटा भाषिक, १७ वटा विदेश शाखा समितिहरु छन् । त्यहाबाट हजारभन्दा बढी प्रतिनिधि पर्यवेक्षकहरु आउनेछन् । उद्घाटमा एक लाख बढी जनसहभागिता गराउने उतार्ने योजनामा छौ ।

देशमा संघीय प्रणालीमा भइसक्यो, यायोक्खा पुरानै संरचनामा रहेछ नि ?
यायोक्खाको भक्तपुरमा भएको ९औ महाधिवेशनबाट पारित विधान चलिरहेको छ । विधान पुरानै संरचना हँुदा बनेको थियो । त्यही विधान चलिरहको हो । १० महाधिवेशनबाट नयाँ संरचनामा जान्छौ । यायोक्खाको केन्द्रीय निर्णय अनुसार नयाँ संरचनामबोमिज संगठनहरु बनिसकेको अवस्था छ ।

अब यायोक्खाको जिल्ला कार्यसमितिहरु रहन्छन् रहदैनन् ?
यो विषयमा बहसहरु भइरहेको छ । जिल्ला तहमा कार्यसमिति रहने वा समन्वय समिति रहने छलफलमा छौ । यसलाई महाधिवेशनले नै टुङ्गो लगाउँछौ ।

महाधिवेशनले के के विषयमा निर्णय गर्नेछन् ?
पहिलो त किरात प्रदेश नामाकरणको विषयलाई निर्णायक तहमा पु¥याउछौ । किरात राई समुदायको विभिन्नि भाषा, संस्कृति, इतिहास, कला, साहित्य, पुरातत्वहरुको क्षेत्रमा बौद्धिक बहस, खोज अनुसन्धान र रचनात्मक कार्यहरु गर्ने विषयमा वृहत छलफल गरी निर्णय गर्ने छौं ।

किरात राई यायोक्खाको संगठनलाई देश विदेशमा अझ प्रभावकारी र वृहत रुपमा विस्तार गरी विश्वभरीका किरात राई समुदायलाई एकतावद्ध ढंगले अगाडि बढाउने विषयमा निणर्य गर्ने छौं ।

किरात प्रदेश भन्नुहुन्छ किन ? अरु हुँदा के हुन्छ ?
किरात नेपाल राष्ट्रकै एउटा गौरवमय इतिहास, सभ्यता, भूगोल र संस्कृतिसँग जोडिएको बिषय हो । यसलाई स्थापित गर्न सकिएन भने यो पहिचान हराएर जान सक्छ । मानौ इतिहास नै नामेट भएर जान सक्छ ।

सगरमाथा र कोशी स्थायी रुपमा नेपालको स्थापित नाम हो । जसलाई कसैले नामेट गर्न सक्दैन । तीनिहरुको नाम प्रदेशको नामको रुपमा नराख्दा पनि त्यो नाम राष्ट्रव्यापी रुपमा स्थापित भइसकेको कुरा हो । त्यसैले किरात जस्तो राष्ट्रको गौरवपूर्ण इतिहासलाई स्थापित गर्न प्रदेशको नाम किरात राखिनुपर्छ भन्ने हाम्रो माग हो ।

यो आवश्यकता हो । त्यस क्षेत्रको ऐतिहासिक भूगोल पनि हो । किरात भन्ने शब्दावली कुनै जातको कुरा नभएर नेपाल राष्ट्रको एउटा ऐतिहासिक एवं प्राचीन सभ्यता र संस्कृति पनि हो ।
यसलाई अवमूल्यन गर्नु हुँदैन । यसलाई राष्ट्रमा स्थापित गरेर जानुपर्छ । १ नम्बर प्रदेशको नाम किरात प्रदेश हुनु सवैभन्दा उचित हुन्छ भनिरहेका छौ ।

महाधिवेशनबाट भावी नेतृत्वको मुख्य दावेदारी तपाई हो भन्ने सुनिन्छ, हो ?
त्यस्तो होइन । यायोक्खाको नेतृत्व चयन सम्बन्धी आफ्नै परम्परा र विधि छ । जुन विषयमा हाम्रो संस्थाको पूर्व पदाधिकारीहरु सल्लाहकारहरु र अभिभावकहरु सहितको छलफलबाट सर्वसहमत रुपमा नेतृत्व तय गर्ने चलन छ ।
यस १० औं महाधिवेशनमा पनि पूर्ण सहमतिका साथ सर्वसहमत रुपमा नेतृत्वको चयन हुन्छ । यसमा म आफू मात्रै हुनुपर्छ भन्ने भनाइ कसैको पनि छैन ।

तपाई मुख्य नेतृत्वमा आउने सम्भावना देखियो, भावि योजना के के छन् ?
पहिलो नम्बरमा १ नम्बर प्रदेशलाई किरात नामाकरण गराउने सन्दर्भमा निर्णयक पहलकदमी गरिने छ । यसको लागि संघ, प्रदेशका राजनीतिक तह र सरकारका निकायहरुमा छलफल, संवाद तथा ध्यानाकर्षण गराउने कार्यलाई जोडदार रुपमा अगाडि बढाइने छ । त्यस्तै यो विषयमा नागरिक समाज बौद्धिक व्यक्तित्वहरु सम्बन्धित जातीय संघ, संस्थाहरुको वीचमा समजदारी कायम गर्दै साझा अवधारणाको विकास गर्दै लगिने छ । संगठनलाई थप सुदृढ र मजबुद बनाउन, राष्ट्रिय, अन्तराष्ट्रिय तहमा पहल गरिनेछ ।

समुदायलाई थप एकताबद्ध गर्न विभिन्न किरात राई जन्य संघ÷संस्थाहरु र थरगत भाषिक संस्थाहरुको वीचमा विषेश पहल गरिनेछ । महाधिवेशनले गरेका निर्णयलाई कार्यान्वयन गर्ने कुरामा पहल लिइनेछ । यायोक्खाको केन्द्रीय कार्यालय रहेको भवन जिर्ण अवस्थामा रहेको छ । यसलाई नयाँ भवन बनाउने योजना अगाडि बढाइने छ ।

ऐतिहासिक किरातकालीन गढी दरबारहरु लगायत पुरातात्विक धार्मिक स्थलहरुको संरक्षण र विकासको लागि योजना तर्जुमा र कार्यान्वयन गरिनेछ । किरात लिपिको बारेमा सम्पुर्ण किरातजन्य सस्थाहरुसँग बृहत छलफल र परामर्श गरी एउटै लिपि चलाउन विशेष पहल गरिनेछ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here