काठमाडौं, १५ फागुन । गायक तथा संगीतकार तोरेम्पा हाङको नयाँ गीत सार्वजनिक भएको छ । गीतकार गोपालचन्द्र राईको शब्दमा ‘प्रियतमा….’ बोलको गीत सार्वजनिक गरिएको हो ।

यो गीत गीतकार राईको अफिसियल युट्युब च्यानलमा समेत राखिएको छ । रोमान्टिक पप शैलीको यस गीतको संगीत गायक तोरेम्पाले नै गरेका हुन् ।

काठमाडौंको नक्सालस्थित भर्जिन भ्वाइस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको स्टुडियो परिसरलाई नै आधार मानेर भिडियो समेत तयार पारिएको छ ।

कुमार सिञ्जाली मगरको एरेन्ज रहेको भिडियो गीतको सम्पादन दिपेश राईले गरेका हुन् भने मिन विष्टको मिक्सिङ र प्रकाश चाम्लिङको छायांकन रहेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here