गेल्मुले टेकिन् आमादब्लममा पाइला

काठमाडौं (सार्वजनिक) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा ९ पात्लेकी गेल्मु शेर्पा (सानी) ले आमादब्लम हिमालको सफल आरोहण गर्नुभएको छ । नोबेम्बर ८ का दिन विहान ९ः २९ बजेको समयमा शेर्पाले हिमालको सफल आरोहण गर्नुभएको हो ।


प्राविधिक दृष्टिले चुनौती पूर्ण मानिने ६८१४ मिटर अग्लो हिमाल शेर्पाले ९ घण्टाको समयमा आरोहण गर्नुभएको आयोजक कम्पनी एडभेन्चर एसेन्टका सञ्चालक पासाङ शेर्पाले जानकारी दिनुभयो । खिजीदेम्बामा आमादब्लम हिमाल आरोहण गर्ने शेर्पा युवा आरोही हुन् । २३ बर्षको उमेरमा शेर्पाले पहिलोपटक आमादब्लम आरोहण गर्न सफल भएका छन् ।


सानै उमेरदेखि पर्यटक पथप्रदर्शक काम गर्दै आउनुभएकी शेर्पाले पर्वतारोहण सम्वन्धि विभिन्न तहगत तालिमहरु समेत हासिल गर्नुभएको थियो । त्यस्तै, पथपदर्शन तथा पर्यटनसँग सम्बन्धि विभिन्न ज्ञान सीप हासिल गरेको जनाइएको छ ।
शेर्पा भन्ने वित्तिकै हिमालसँग नाम जोडिने र पर्यटन प्रबद्र्धन गर्दै मुलुकको आर्थिक समृद्धिमा योगदान पुगोस् भन्ने हेतुले सगरमाथा लगायत उचाईका हिमालहरु आरोहण गर्ने आफ्नो लक्ष्य रहेको शेर्पाले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार