ओखलढुंगा । जिल्लाको सिद्विचरण नगरपालिका १० बेतेनीमा जलेर दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ५५ बर्षीया पुण्यमायाधमला र निजकै छोरा बर्ष १६ को कञ्चन धमला रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । स्थानीय बसाहा हरीबोलेसामुदायिक बनमा आगलागी भएको र सोही आगोले खरबारीमा काटेर राखिएको खर समेत जल्न थालेपछि जोगाउन जाँदा आमा छोराकैजलेर मृत्यु भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी बालिष्टार सिंहले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकीछ ।