शेर्पा गुम्बामा माणिरिल्डुप र डुप्छेन पूजा शूरु

काठमाडौं । शेर्पा सेवा केन्द्र बौद्ध काठमाडौंमा माणिरिल्डुप र डुप्छेन पूजा शुरु भएको छ । बार्षिक कार्यक्रम अन्तर्गत चैत्र १ गते (आज) बाट पूजा शुरु भएको हो ।
ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं. ८ स्थित किल्खोरदिङ सान्दोक पालोरी गुम्बाका लामागुरुहरुबाट शुरु भएको पूजा चैत्र ७ गतेसम्म सञ्चालन हुने गुम्बाले जनाएको छ । किल्खोरदिङ गुम्बाका प्रमुख लामा ङावाङ ग्युर्मे तेन्जिङ राङडोल रिन्पोछे र उहाँकै सुपुत्र टुल्कु ङावाङ कुन्खेन रिन्पोछेको अगुवाईमा पूजा हुँदै आएको छ । पूजामा ओखलढुंगा, सोलुखुम्बु लगायत क्षेत्रमा लामा भिक्षुहरुले दैनिक पूजा र क्षाम (नृत्य) प्रस्तुत हुने लामा गुरुङिमा शेर्पाले जानकारी दिनुभयो ।
पूजाको आयोजना गर्न विभिन्न व्यक्तिहरु आयोजकको रुपमा रहेका छन् । माणिरिल्डुप र डुप्छेन पूजा किल्खोरदिङ गुम्बामै पनि आयोजना हुँदै आएकोमा भूकम्पपछि गुम्बा जीर्ण बनेपछि काठमाडौंमा मात्रै पूजा केन्द्रीत हुँदै आएको छ । यस पूजालाई बौद्धमार्गीहरुले विशेष रुपमा हेर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार