साथीद्धारा पोशाक वितरण शुरु

काठमाडौं । रुपान्तरणका लागि साथी परियोजनाले ओखलढुंगाका ३७ वटै विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण शुरु गरेको छ । बालकक्षादेखि कक्षा दुईसम्मका आठ सय ९६ विद्यार्थीलाई ट्रयाकसुट वितरण शुरु गरेको हो ।
शेर्पा एड थ्रुआउट हिमालयजका अध्यक्ष ठिले लामा शेर्पाको अगुवाईमा अमेरिकास्थित दातृ निकाय जोनथन काइपर र कृष्टी इल्लोट्टा काइपरको सहयोगमा विद्यार्थीहरुका लागि टिसर्टसहित ट्रयाक्सुट वितरण वडा नं. ४ बाट शुरु गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्धि मुलिचाले जानकारी दिनुभयो ।


यसअघि कक्षा ३ देखिमाथिकाहरुलाई ज्याकेट वितरण गरिएको र ज्याकेट नपाएकाहरुका लागि लक्षित गरी ट्रयाक्सुट वितरण गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो । मौसम अनुकुल पोशाक वितरण गर्ने कार्यक्रम अन्तर्गत पोशाक वितरण गर्ने कार्यक्रम अन्तर्गत वडा नं. ४, ७ र ८ का विद्यार्थीहरुलाई वितरण गरिसकेको अध्यक्ष शेर्पाको भनाइ छ ।


पोशक वितरण कार्यक्रम अन्तर्गत मंगलबार वडा नं. ९ को शिवालय माध्यामिक विद्यालयमा वडा नं. ९ भित्रकालाई वितरण गर्ने अध्यक्ष ठिले लामा शेर्पाले जानकारी दिनुभयो । त्यस्तै, ३० गते बुधबार वडा नं. ६, चैत्र १ गते वडा नं. ३ र ५, चैत्र २ गते वडा नं. २ र ३ गते वडा नं. १ का विद्यार्थीलाई पोशाक वितरण गर्ने तालिका रहेको स्थानीय देण्डी शेर्पाले जानकारी दिनुभयो ।
साथी परियोजनाले यसअघि पनि गाउँपालिकाको वडा नं ९ को खोलाखर्क, मैदाने र फाप्रेमा ‘वाटर हिटर सोलार’ वितरण गरेको थियो । त्यस्तै, सोलुखुम्बुमा विगत लामो समयदेखि परियोजनाले शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, वातावरण संरक्षण र गुम्बामा सहयोग गर्दै आइरहेको छ । .

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार