शेर्पा संघ प्रदेश नं. १ को अध्यक्षमा पासाङ

काठमाडौं । नेपाल शेर्पा संघ प्रदेश नं. १ को अध्यक्षमा पासाङ शेर्पा चयन हुनुभएको छ । इलाममा सम्पन्न दोस्रो अधिवेशनले शेर्पाको अध्यक्षतामा पदेन सहित २३ सदस्य समिति गठन गरेको हो ।
शेर्पा संघका संघीय कार्यसमिति अध्यक्ष गेल्जे लामा शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षद्धयमा पेम्बा शेर्पा र पुष्पा शेर्पा, सचिवमा ल्हाक्पा तेन्जी शेर्पा, सहसचिवमा लाक्पा छ्याती शेर्पा, कोषाध्यक्षमा फुरल्हाक्पा शेर्पा चयन गरेको महासचिव लाक्पा शेर्पाले जानकारी दिनुभयो ।
त्यस्तै, सहकोषाध्यक्षमा मेन्दोल्हमु शेर्पा, सदस्यहरुमा सर्मिला शेर्पा, मिकर शेर्पा, मिङ्मा छम्की शेर्पा, अमृता शेर्पा, लाक्पा शेर्पा र पासाङ शेर्पा रहनु भएको जनाइएको छ । निवर्तमान अध्यक्ष ङावाङ ल्हप्टु शेर्पाको अध्यक्षतामा भएको अधिवेशनमा केन्द्रबाट बरिष्ठ उपाध्यक्ष ङावाङ सोनाम शेर्पा, उपाध्यक्ष तेन्जी शेर्पा लगायत विशिष्ट व्यक्तिहरु सहभागि रहनु भएको ओखलढुंगा जिल्ला अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिनुभयो ।
‘सम्पूर्ण शेर्पाहरूको चाहना पहिचान र अधिकारको सहित शेर्पालुङकोस्थापना“ भन्ने आदर्शनारा सहित आयोजित अधिवेशनकै अवसरमा क्रियाशिल र उत्कृष्ट काम गर्ने जिल्लाहरुलाई सम्मान पत्रद्धारा सम्मानित गरिएको जनाइएको छ । सांस्कृतिक कार्यक्रम, शुभकामना आदनप्रदानसहित अधिवेशन सम्पन्न भएको आयोजकले जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार