अध्यक्षमा पासाङ दावा शेर्पा चयन

काठमाडौं । पात्ले ओखलढुंगा शेर्पा समाज सेवा, काठमाडौंको अध्यक्षमा पासाङ दावा शेर्पा चयन हुनुभएको छ । १० औं अधिवेशनबाट शेर्पाको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको हो ।


समितिको उपाध्यक्षद्धयमा ङावाङ गेल्जे शेर्पा र ङिम्टी शेर्पा, महासचिवमा तेण्डु शेर्पा, सचिवमा ग्यालु शेर्पा र कोषाध्यक्षमा छेपाल शेर्पा चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरुमा पेमा शेर्पा, सोनी शेर्पा, आङ ङिमा शेर्पा, फुरी शेर्पा, दाटी शेर्पा, जाङमु शेर्पा र जाङबु शेर्पा चयन भएको निर्वाचन मण्डलका सदस्य पासाङ शेर्पाले जानकारी दिनुभयो । राजधानीको जोरपाटीमा भएको कार्यक्रममा संस्थाको २०७६ सालदेखि हालसम्मको आर्थिक प्रतिवेदन कोषाध्यक्ष पेम्बा शेर्पाले र प्रगती प्रतिवेदन महासचिव सार्की शेर्पाले प्रस्तुत गर्नुभएको थियो ।

कार्यवाहक अध्यक्ष वाङडा शेर्पाको सभाध्यक्षतामा भएको कार्यक्रमकैवीच विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ । यसरी सम्मानित हुनेमा विश्वको सर्वोच्च शिखर आरोहण गरी कीर्तिमान कायम गर्नुहुने संरक्षक सदस्यद्धय ग्यालु शेर्पा र छेपाल शेर्पा रहनु भएको निर्वाचन मण्डलका सदस्य पेमा ङिमा शेर्पाले जानकारी दिनुभयो । त्यस्तै, उच्च स्थानमा म्यूजिक भिडियो रेकर्ड गरी कीर्तिमान कायम गर्ने युगेन शेर्पालाई पनि सम्मान गरेको जनाइएको छ ।


नेपाल शेर्पा संघका केन्द्रीय सचिव लाक्पा जी शेर्पाको संयोजकत्वमा गठीत निर्वाचन मण्डलले वन्दसत्रबाट सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको जनाइएको छ । कार्यक्रमकैवीच हालसम्मको आजिवन, संरक्षक सदस्यहरुको प्रमाण पत्र वितरणका साथै परिचयपत्र समेत प्रदान गरेको जनाइएको छ ।


पात्ले ओखलढुंगा शेर्पा समाज सेवा संस्था ओखलढुंगा जिल्लाको साविक पात्ले गाविसबाट काठमाडौं आइ बसोवास गर्ने शेर्पाहरुको साझा संस्था हो । संस्था (किदुग) २०६४ सालमै स्थापना भई जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भई सञ्चालनमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार