पपाछेउको नयाँ म्यूजिक भिडियो बजारमा

काठमाडौं । हस्याकलाकार ङिमा गेलु शेर्पा (पपाछेउ) ले नयाँ म्यूजिक भिडियो बजारमा ल्याएको छ । शेर्पा इन्टरटेन्डमेन्ट नाम युट्युव च्यानलमार्फत ‘ल्होसार की टासिदेले’ म्यूजिक भिडियो बजारमा ल्याएको हो ।
ग्याल्पो र सोनाम ल्होसारको अवसरमा ल्याइएको म्यूजिक भिडियोमा हस्याकलाकार शेर्पा,, आङ सानु शेर्पा, पासाङ नाम्डोल शेर्पा, जिग्मे शेर्पा, पेमा शेर्पा, छोन्जोर शेर्पा र डोमा शेर्पा लगायतको अभिनय हेर्न सकिन्छ । म्यूजिक भिडियोमा शेर्पा तथा हिमाली सांस्कृतिलाई उजागर गर्न खोजिएको पाइन्छ । गीतमा सुसन लामाको शब्द, संगीत, ङिमा गेलु शेर्पा स्वयम्ले स्वर दिनुभएको छ ।
म्यूजिक भिडियोमार्फत हस्याकलाकार शेर्पा मोडलको रुपमा पनि परिचय स्थापित गर्न सफल हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार