नयाँ स्वादसहित बालगीत सार्वजनिक

काठमाडौं । हिमाली संस्कृतिसँग सम्वन्धित नयाँ स्वादको बालगीत सार्वजनिक भएको छ । शेर्पा म्यूजिक वल्र्डमार्फत ‘प्यारो पापा’ बालगीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
पत्रकार लाक्पा जी शेर्पाको शब्द रचनामा ख्याती प्राप्त गायक दावा के शेर्पा र भ्वाइस अफ किड्सका प्रतिस्पर्धी तेन्जीङ दिकी शेर्पाको स्वरमा सजिएको गीत सार्वजनिक गरिएको निर्देशक कर्मा शेर्पाले जानकारी दिनुभयो ।
नायक कुंगा शेर्पा र परिवारले अभिनय गरेको म्यूजिक भिडियोको छायाँकन बौद्ध क्षेत्रमा गरिएको छ । बालगीतमा बाबा छोरीको स्नेहलाई दर्शाउन खोजिएको छ । बालबालिकालाई संस्कृति र अभिभावक प्रति सम्मान दर्शाउन सघाउने हेतुले रचित गीत सरगम स्टुडियो बौद्धमा रेकर्ड गरिएको जनाइएको छ । मिङमा डि शेर्पाले छायाँकन गरिएको म्यूजिक भिडियोमा पाल्मु शेर्पाले ‘मेकअप’ को भूमिका निर्वाह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार