नयाँ बर्षको स्वागतमा ‘टासी ल्होसार’

काठमाडौं । सिङ फो डुक् ल्हो २१५१ को स्वागतमा ‘टासी ल्होसार’ म्युजिक भिडियो तयार भएको छ । ख्याती प्राप्त गायक छोङ्बा शेर्पाले टासी ल्होसार म्यूजिक भिडियो बजारमा ल्याएको हो । केही दिनअघि काठमाडौंको यगडोल क्षेत्रमा छायाँकन गरेको म्यूजिक भिडियो शेर्पा फिल्मस्को युट्युव च्यानलमार्फत विहिबार साँझ सार्वजनिक गरिएको निर्देशक कर्मा शेर्पाले जानकारी दिनुभयो ।
ल्होसारलाई लक्षित गरी निर्माण गरिएको म्यूजिक भिडियोमा गायक शेर्पा, कुङ्गा शेर्पा, छोङ्बा शेर्पा, ल्हाक्पा शेर्पा, ल्हमु शेर्पा र फुली शेर्पा लगायतको प्रस्तुती हेर्न सकिन्छ । त्यस्तै, शेर्पा सांस्कृतिक श्याब्रु नृत्यमा गोराखानी शेर्पा समाजका कलाकारहरुले साथ दिएका छन् ।
शेर्पा भाषा विज्ञ नुरु छेपाल शेर्पाको शब्द रहेको गीतमा सोनाम शेर्पाले संगीत भरेका छन् । गीतमार्फत ल्होसारको शुभकामना र हिमाली शेर्पा संस्कृतिलाई उजागर गर्न खोजिएको छ ।

https://www.youtube.com/watch?v=uUE0TUNGL2g

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार