विद्यालय संस्थापक र जग्गादाता सम्मानित

काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका वडा नं. ९, पात्लेस्थित शिवालय माध्यामिक विद्यालय छेर्मादिङको संस्थापक र जग्गादाता सम्मानित भएका छन् । माघ १२ गते भएको अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति गठनको अवसरमा तीन संस्थापक र तीन जग्गादातालाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा संस्थापकद्धय सार्की पुतर शेर्पा र हिसी शेर्पा हुनुहुन्छ । त्यस्तै, संस्थापक शिक्षक कुलप्रसाद दाहाल (जुठे) लाईपनि सम्मान गरेको प्रअ नेपालको भनाई छ । तीनै जनालाई मनोरपान्त सम्मान गरेको जनाइएको छ ।
त्यस्तैगरी, जग्गाद्धाता त्रेय ङावाङ साम्तेन शेर्पा, आङ ङिमा शेर्पा र सानी शेर्पालाई सम्मान–पत्रद्धारा सम्मान गरिएको प्रधानाध्यापक देवीचरण नेपालले जानकारी दिनुभयो । संस्थापकद्धय मध्ये सार्की पतरको तर्फबाट कान्छा छोरा आङदामी शेर्पा र हिसीको तर्फबाट नुरी शेर्पालाई सम्मानपत्र हस्तान्तरण गरिएको छ ।
संस्थापकद्धयले स्थानीय काठ, चित्राभकारी प्रयोग गरेर चन्दा संकलन गरी शिक्षकको तलव दिने व्यवस्था गरी २०२१ सालमा शिवालय प्राविको स्थापना गर्नुभएको थियो । त्यस्तै, जग्गाद्धाता मध्ये ङावाङ साम्तेन र छोरा आङ ङिमाले आठ रोपनी जग्गा दान गर्नुभएको जनाइएको छ । अर्का जग्गादाता सानी शेर्पाले १० रोपनी जग्गा दान गर्नुभएको वडा सदस्य ङाङ चेम्बा शेर्पाले जानकारी दिनुभयो ।
विद्यालयले भौतिक पूर्वाधार तथा अन्य सहयोग उपलब्ध गराउने दाताहरुलाई पनि विशेष कार्यक्रम गरी निकट भविष्यमा सम्मान गर्ने नवनिर्वाचित शिक्षक अभिभावक संघका अध्यक्ष आङ फुर्लु शेर्पाले जानकारी दिनुभयो ।

अध्यक्षमा कुंगा र आङ फुर्लु शेर्पा निर्वाचित


यसैवीच, अभिभावक भेलाले विद्यालयको व्यवस्थापन समितिको नयाँ अध्यक्षमा कुंगा शेर्पा र शिक्षक अभिभावक संघको अध्यक्षमा आङ फुर्लु शेर्पालाई निविरोध चयन गरेको छ । कुंगाको अध्यक्षतामा गठन भएको समिति याङडी शेर्पा, कमडोमा शेर्पा, कमिनी शेर्पा, छोटी शेर्पा र मनिषा विक सदस्य चयन भएको हो ।
त्यस्तै, पदेन सदस्य वडा अध्यक्ष ङावाङ फुरी शेर्पा, शिक्षक प्रतिनिधी तेजप्रसाद धमला र सदस्य सचिव देवीचरण नेपाललाई चयन गरेको शिक्षक ङावा शेर्पाले जानकारी दिनुभयो । त्यस्तै, शिक्षक अभिभाक संघ ११ सदस्यीय रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार