अध्यक्ष शेर्पा राष्ट्रिय विकास परिषद् सदस्य मनोनित

काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पा राष्ट्रिय विकास परिषद् सदस्यमा मनोनित हुनुभएको छ । सदस्यमा मनोनयनसँगै अध्यक्ष शेर्पा राष्ट्रिय योजना आयोगको योजना तर्जुमा कार्यक्रममा सहभागि हुनु भएका छन् ।
राष्ट्रिय योजना आयोग गठन तथा सञ्चालन आदेश २०७४ अनुसार २०८० पौष २४ गते बसेको मन्त्री परिषद् वैठकले अध्यक्ष शेर्पालाई परिषद् सदस्यमा मनोनयन गरेको आयोगका कार्यक्रम निर्देशक डा. दिवाकर लुइटेलले जानकारी दिनुभयो ।
प्रधामन्त्रीको अध्यक्षतामा गठन हुने परिषद्मा आयोगका उपाध्यक्ष, मूख्यमन्त्री, राज्यमन्त्री, गभर्नर, आयोगका सदस्य लगायत रहने व्यवस्था छ । त्यस्तै, जिल्ला समन्वय समितिका संयोजक, स्थानीय तहका जनप्रतिनिधी, ख्याति प्राप्त तथा विज्ञ गरी २५ जना मन्त्री परिषद्ले नियूक्त गर्न पाउने व्यवस्था अनुसार सदस्यमा शेर्पा मनोनित हुनु भएको आयोगले जनाएको छ । यससँगै अध्यक्ष शेर्पाले नेपाल सरकारको राज्यमन्त्री सरहको सुविधा समेत प्राप्त गर्ने आदेशमा व्यवस्था छ ।
जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित शेर्पा यसअघि पनि विभिन्न राष्ट्रिय स्तरको समितिमा जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । श्रम संस्कृतिमार्फत जनतालाई विकाससँगै जोड्दै मुलुकको वर्तमान तरलताको अन्त्य गर्न अध्यक्ष शेर्पा क्रियाशिल छन् ।
यसवीच प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सौह्रौ योजना तर्जुमा सम्वन्धमा परिषद्का सदस्यहरुसँगको छलफल तथा योजनाको मस्यौदा उपर अन्तक्र्रिया कार्यक्रम बबरमहलस्थित होटल बसेरा बुटिकमा शुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार