ओखलढुंगामा हुने बज्रगुरु मन्त्रजपबारे काठमाडौंमा प्रबचन

काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा आयोजना हुने बज्रगुरु मन्त्र जप कार्यक्रमका लागि काठमाडौंमा एक कार्यक्रम सम्पन्न भएको छ । आगामी फागुनमा जिल्लामै पहिलो पटक आयोजना हुन लागेको बज्रगुरु मन्त्रजप सम्बन्धमा जानकारी दिने कार्यक्रम आयोजना भएको हो ।
बज्रगुरु मन्त्रजप आयोजक समिति र थोलेदेम्बा शेर्पा किदुगको आयोजनामा खेन्पो, लोपेनहरुलाई सम्मान तथा प्रवचन कार्यक्रम आयोजना भएको आयोजक मध्येका आङ छेपाल शेर्पाले जानकारी दिनुभयो । कार्यक्रममा ओखलढुंगा जिल्लाका खेन्पो, लोपेनहरुलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो । त्यस्तै, खिजीदेम्बा गाउँपालिका ४ स्थित नाम्ड्रोल थर्पालिङ गुम्बा चर्नालुमा फाल्गुण २७ गतेदेखि चैत्र ४ गतेसम्म वज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजा बारे जानकारी दिइएको जनाइएको छ । कार्यक्रममा धर्मगुरुहरुले बौद्ध धर्म, परम्परा र बज्रगुरु मन्त्रजप बारे प्रबचन दिनुभएको थियो । ८ दिनसम्म सञ्चालन हुने विश्व शान्ति पुजामा करिब ५ सय जना भन्दाबढी लामागुरु, उपसक, उपसिका र अनुयायीहरुले मन्त्रजप गर्ने गुम्बाका प्रमुख लामा ङवाङ थोचेन शेर्पाले जानकारी दिनुभयो ।
विश्वभर बढ्दै गएको हत्या, हिंसा, कुरिति र बिसंगतीको अन्त्यका लागि धार्मिक मान्यता अनुसार कलियुगको सहाराका रुपमा मानिने गुरु पद्यसम्भावको जप गर्दा विश्व शान्तिको सन्देश प्रवाह हुने अवतारी लामा ङवाङ थार्चिन रिन्पोछेको भनाइ छ । शान्ति, सद्भाव कायम हुने धार्मिक सचेतना बढ्ने र यसक्षेत्रको पर्यटन विकाससँगै रोजगारी र व्यवसाय प्रवद्र्धनमा समेत टेवा पुग्ने खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । कार्यक्रममा खिजीदेम्बा र आसपासबाट काठमाडौंमा बसोवास गर्ने करीव ५ सय जना सहभागि रहेको थोलेदेम्बा किदुगका अध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिनुभयो । शेर्पा सेवा केन्द्र बौद्धमा भएको कार्यक्रममा पात्ले, जन्तरखानी किदुग, अन्य संघसंस्था, राजनैतिक दल, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार