शेर्पा संघलाई निःशुल्क २ रोपनी जग्गा

काठमाडौं (सार्वजनिक) । नेपाल शेर्पा संघ जिल्ला कार्य समिति ओखलढुंगाको नाममा निःशुल्क जग्गा प्राप्त भएको छ । खिजीदेम्बा ५ चुप्लुभन्ज्याङ, ओखलढुंगाका स्थानीय सोनाम टासी शेर्पाले संघलाई २ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनु भएको हो ।
संघको जिल्ला कार्य समितिको कार्यालय भवन निर्माणका लागि खिजीदेम्बामा करीव ४० लाख रुपैयाँ बराबरको जग्गा निःशुल्क प्राप्त भएको अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिनुभयो । लामो समयदेखि जग्गा प्राप्तिका लागि प्रयास गरेकोमा शेर्पा समुदायको बहुल्य रहेको खिजीदेम्बामा प्राप्त भएको जनाइएको छ ।
पर्यटकीय क्षेत्रको रुपमा समेत चिनिएका चुप्लुभन्ज्याङमा जग्गा प्राप्त भएसँगै भवन निर्माणको समेत प्रकृया अघि बढ्ने अध्यक्ष शेर्पाको भनाइ छ । लाखौं मूल्य बराबरको जग्गा मालपोत कार्यालय, खिजीफलाटे.मा रजिष्ट्रेशन पारित समेत भइसकेको संघको खिजीदेम्बाका अध्यक्ष कुसाङ शेर्पाले जानकारी दिनुभयो । निःशुल्क जग्गा दान गर्ने शेर्पालाई संघले धन्यवाद ज्ञापन गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार