बृद्धा हत्यामा संलग्न तीन जना पक्राउ

जसिहब राई

ओखलढुंगा (सार्वजनिक) । जिल्लाको मोलुङ गाउँपालिका ३ चेसका एक बृद्धाको हत्या अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक नबालकसहित अन्य छन् ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मोलुङ ५ का वर्ष १९ को टुकबहादुर कट्वाल, वडा नं. ३ का २५ बर्षिय मानबहादुर भुजेल र वर्ष १६ को एक नाबालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिष्टार सिंहले जानकारी दिनुभयो ।
गत कार्तिक ३० गते राति घरमा कोही नभएको बेला ८२ बर्षीया बालामाया सुनुवारलाई कुटपिट गरी बेहोस बनाई आफ्नै घरको निदालमा झुण्डयाई हत्या गरेको आरोपमा युवाहरु पक्राउ परेको हो ।
घटनको अनुसन्धानका क्रममा कार्तिक २८ गते बिहिबार बेलुकी बृद्धा घरमा एकलै रहेकी मौका पारी लुट्पाट गर्ने उद्देश्यले घरको ढोका खोल्न लगाई बृद्धा सुनुवारलाई ढुंगाले हिर्काई बेहोस भए पश्चात् घाँटी न्याकी हत्या गरेको पाइएको प्रहरीले जनाइएको छ । हत्या पश्चात् मृतकको शबलाई प्लास्टिकको डोरीको पासो लगाई घरको निदालमा झुण्ड्याई ढोका बाहिरबाट लगाई आरोपितहरु फरार भएका थिए ।
आरोपितहरुले मृतकको नाक र कानमा लगाएकी सुन तथा घाँटीमा लगाएकी चाँदिको माला नगद समेत लुटि लगेको पाइएकोले पक्राउ गरी अदालत ओखलढुंगाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपि) दीपक केसीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार