बलबहादुर राई लोकमार्ग घोषणा

घुर्मी । पहिचानवादीहरुले सिद्धिचरण लोकमार्गलाई बलबहादुर राई लोकमार्ग घोषणा गरेका छन् । घुर्मी–चिवाभन्ज्याङ पहिचानवादी जनसभामा लोकमार्गको नाम घोषणा गरिएको हो ।
प्रदेश नं. १ पुनः नामाङ्कन संयूक्त संघर्ष समितिका संयोजक डेकिन्द्र थेगिमले सिद्धिचरण लोकमार्गको नाम परिवर्तन गरी कार्यबहाक प्रधानमन्त्री बलबहादुर राई लोकमार्ग नामकरण गरिएको नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले जानकारी दिनुभयो ।
लोकमार्ग निर्माणमा स्वर्गीय बलबहादुर राईको योगदान रहेको र उहाँको सम्मानमा लोकमार्गको नामकरण गरिएको जनाइएको छ । लामो समयदेखि लोकमार्गको नाम परिवर्तन हुनुपर्ने आवाज उठ्दै आएपनि राज्यबाट संबोधन नभएपछि आन्दोलनको वीचबाटै नाम परिवर्तन गर्नुपरेको अधिकारकर्मी धीरेन्द्र रुम्दालीको भनाइ छ ।
उदयपुरको कटारीदेखि ओखलढुंगाहुँदै सोलुखुम्बु सल्लेरीसम्मको लोकमार्ग अवधारणकर्ता र निर्माणका लागि पहल गर्ने राईको नाममा नामकरण गर्न पाउँदा गौरवान्वित भएको बताउँदै थेगिमले पहिचान नामेट पार्ने अधिकार कसैलाई नभएको दाबी गर्नुभयो । ओखलढुृंगामा जन्मिएपनि स्व. राई देशकै उच्च सम्मानित नेता भएकाले उहाँको नामबाट लोकमार्गको नामकरण हुनु स्वभाविक भएको उनीहरुको भनाई छ ।
१९ पटकसम्म देशको कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका राईको सम्मानमा राज्यले थप ध्यान दिनुपर्ने पहिचानवादीहरुको सोही कार्यक्रममा माग समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार