शेर्पा संघको विधान अन्तिम रुप दिन समिति गठन

काठमाडौं (सार्वजनिक) । नेपाल शेर्पा संघको विधानलाई परिमार्जनसहित अन्तिम रुप दिन समिति गठन भएको छ । संघको विशेष साधारणसभाले अध्यक्ष गेल्जे लामा शेर्पाको संयोजकत्वमा समिति गठन भएको हो ।
संघको विधानलाई छैठौं पटक संशोधन गर्न मस्यौदा समितिले तयार पारेको विधान सचिवालय, संघीय कार्य समितिले पारित गरी विशेष साधारणसभामा निर्णायर्थ पेश भएको थियो । प्रथम उपाध्यक्ष साङ्गे लामा शेर्पा संयोजकत्वमा गठीत विधान संशोधन मस्यौदा समितिले संघीय संचरना र समयसापेक्ष बनाउने भन्दै विधान परिमार्जन अघि बढाएको थियो । विशेष साधारणसभामा समूहगत छलफल र विज्ञसमेतको सुझावलाई मस्यौदामा समेटि अन्तिम रुपमा दिई प्रमाणिकरण समेत गर्ने गरी अध्यक्ष शेर्पाको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरेको कोषाध्यक्ष आङ्ग काजी शेर्पाले जानकारी दिनुभयो । साधारणसभामा अधिकांशले विधान प्रगतीशिल, समयसापेक्ष रहेको भएपनि केही भाषिक र प्राविधिक विषयलाई समेटिएर छिट्टै प्रमाणिकरण गर्ने कोषाध्यक्ष शेर्पाको भनाइ छ ।


विधानलाई अन्तिम रुप दिन गठीत समितिमा पूर्वमन्त्री कृपाशुर शेर्पा, पूर्वसंसदद्धय जिपछिरिङ लामा शेर्पा र आङ दावा शेर्पा, पूर्वमन्त्री आङ छिरिङ शेर्पा, मस्यौदा समितिका संयोजक शेर्पा, महासचिव लाक्पा शेर्पा लगायत रहनुभएको छ ।
त्यस्तै, महिलाहरुको नेतृत्व गर्दै शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, हलबाट चयन गरेको छिरिङ शेर्पा र काजी शेर्पा सदस्य रहने गरी समिति गठन भएको जनाइएको छ । विधान प्रमाणिकरणसहित संघीय कार्यसमितिले छिट्टै सातौं महाधिवेशन आह्वान गर्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार