टिकटक वन्द गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय बारे सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने मन्त्री शर्माले बताउनुभयो । यसको कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले आवश्यक पहल गर्ने जनाइएको छ ।
टिकटकलाई बन्द गर्ने निर्णयसँगै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आउन थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार