बाँकी मासुको डल्ला सदगदका लागि शेर्पाले घर लगे

जलेर बाँकी रहेको मासुको डल्ला फरेन्सी पठायो

 

काठमाडौं । ओखलढुंगा जिल्लाको मोलुङ–६, मंसिरेमा आगलागी घटनास्थलमा मासुको डल्ला फेला परेको छ । आगलागी हुँदा १५ महिनाको बालक फूर्वा शेर्पा वेपत्ता भएका छन् । प्रहरीले जलेर बाँकी रहेको मासुको डल्ला वेपत्ता बालकको बुबालाई र फरेन्सी परीक्षणका लागि पठाएका छन् ।
पूर्णरुपमा जली नष्ट भएको घरमा खोजतलास गर्ने क्रममा जलेको अवस्थामा मासुको डल्ला फेला परेको थियो । भर्याङ रहेको मुनि फेला परेको जलेर बाकी रहेको मासु नबालक शेर्पाको हो की हैन भनेर फरेन्सी परीक्षणका लागि केही भाग काठमाडौ र बाँकी परिवारलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक दीपकबहादुर केसीले जानकारी दिनुभयो ।
प्रराम्भमा उक्त मासुको डल्ला बेपत्ता रहेको बालकको हो वा होईन भन्ने एकिन हुन नसकेकोले परीक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गा पठाइएको भएतापनि त्यहाँबाट काठमाडौ पठाइएको हो ।
मंसिरेका कर्मा शेर्पाको घरमा बुधवार अर्थात कार्तिक २१ गते दिउँसो आगलागी हुँदा यस्तो भयनाक घटना घटेको हो । अभिभावक आफन्तकोमा गएको बेला घरमा वेपत्ता र ३ बर्षिय छोरा मात्रै रहेको बेला अचानक आगलागी भएको थियो । आगलागीबाट घरसहित काठपात, भाँडावर्तन, अन्नपात, लत्ता कपडा समेत गरी करीब १५ लाख बरावरको क्षति भएको प्रहरीको प्रराम्भिक अनुमान छ । आगो छिमेकी, जनप्रतिनिधि र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार