जलेर बाँकी रहेको मासुको डल्ला नबालक शेर्पाको रहेको आशंका

काठमाडौं । ओखलढुंगा जिल्लाको मोलुङ–६, मंसिरेमा आगलागी घटनास्थलमा मासुको डल्ला फेला परेको छ । आगलागी हुँदा १५ महिनाको बालक फूर्वा शेर्पा वेपत्ता भएका थिए । जलेर बाँकी रहेको मासुको डल्ला वेपत्ता बालककै हुन सक्ने प्रहरी र आफन्ताले आशंका गरेका छन् ।
पूर्णरुपमा जली नष्ट भएको घरमा उद्दार तथा खोजतलास गर्ने क्रममा जलेको अवस्थामा मासुको डल्ला फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक एवंम् सूचना अधिकारी बालिष्टर सिंहले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक सिंहका अनुसार उक्त मासुको डल्ला बेपत्ता रहेको बालकको हो वा होईन भन्ने एकिन हुन नसकेकोले प्रारम्भिक कानुनी प्रकृया पुरा गरी परीक्षणको लागि उक्त मासुको डल्ला जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गा पठाइएको जनाइएको छ ।
स्थानीय कर्मा शेर्पाको घरमा बुधवार दिउँसो आगलागी भएको थियो । अभिभावक आफन्तकोमा गएको बेला घरमा २ बालक मात्रै रहेकोमा ३ वषर््ीिय छोरा मिङ्मार शेर्पाले लाईटर खेलाउने क्रममा अचानक आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट घर, घरमा रहेको काठपात, भाँडावर्तन, अन्नपात, लत्ता कपडा समेत गरी करीब १५ लाख बरावरको क्षति भएको प्रहरीको प्रराम्भिक अनुमान छ । आगो छिमेकी, जनप्रतिनिधि र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।
मोलुङ–६, श्रीचौर क्षेत्रमा बर्षेनी आगलागीका गम्भिर घटनाहरु भइरहेका छन् । नियन्त्रण र घटना न्यूनिकरणतर्फ ठोस कदमहरु भने चालिएको देखिँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार