सिक्किममा वेपत्ता शेर्पा परिवारको सम्पर्कमा

काठमाडौं । ११ दिनदेखि सम्पर्कविहीन मजदुरी गर्न भारत सिक्किम गएका इलामका ५ जना परिवारको सम्पर्कमा आएका छन् ।

इलाम नगरपालिका–९ का ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, नरमायाका श्रीमान् २८ वर्षका कुमार बस्नेत र छोरी ९ वर्षीय खुसी बस्नेत सम्पर्कमा आएका छन् । यस्तै सोही ठाउँका ४० वर्षीय सेनबहादुर कार्की ‘सानु’ पनि बेपत्ता थिए । उनीहरू सबै सम्पर्कमा आएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिनुभयो । उनीहरू इलामस्थित घर आज आइपुग्ने सेनबहादुरकी श्रीमती टीका कार्कीले बताउनुभयो ।

उनीहरू सिक्किमको लाचेम, थम्बु तथा गोलाखर्कमा निर्माण कार्यमा ज्याला मजदुरीका लागि गएका थिए । गत असोज १७ गते टिस्टा नदीमा आएको बाढी पछि उनीहरू सम्पर्कविहीन बनेका थिए ।

नदीमा आएको बाढीले बगाएको लेदोका कारण त्यस स्थानमा पुग्न नसकिएको र टेलिफोन, विद्युत् सेवा पनि अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुन नसक्दा उनीहरूको बाढीमा बेपत्ता भएको अनुमान गरिएको थियो ।

बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा १ सय ५ जना हराइरहेको त्यहाँका संचारमाध्यामहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार