मनाङ एयरको हेली दुर्घटना, क्याप्टेनको अवस्था गम्भिर

काठमाडौँ । मनाङ एयरको जहाज शनिबार बिहान लोबुचेमा दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५०(बी३ई हेलिकप्टर बिहान करिब ७स्३० बजे दुर्घटनामा परेको मनाङ एयरका निर्देशक राजु न्यौपानेले जानकारी दिनुभयो ।

हेलिकप्टर लोबुचेमा अवतरण (ल्यान्ड) गर्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा अन्य यात्रु नभएकोमा चालक, क्याप्टेन प्रकाश सेढाईं गम्भीर घाइते हुन पुगेका छन् । घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँको ह्याम्स हस्पिटल ल्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार