विश्व शेर्पा संघको नेतृत्वमा थण्डुप शेर्पा चयन

काठमाडौं (सार्वजनिक) । विश्व शेर्पा संघको दोस्रो महाधिवेशनबाट भारतको थेण्डुप शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा निमा शेर्पा, उपाध्यक्षद्धयमा नाम्ग्याल पी शेर्पा र गेल्मु शेर्पालाई चयन गरेको हो ।
त्यस्तै, महासचिवमा आङजाङबु शेर्पा, सचिवमा टी. टी. शेर्पा, सहसचिवमा दावा कर्मा शेर्पा र कोषाध्यक्षमा नुर्बु शेर्पा लगायतको पदाधिकारीसहित नयाँ कार्यसमिति चयन गरेको निवर्तमान अध्यक्ष ई. आङ दोर्जी लामा शेर्पाले जानकारी दिनुभयो ।
पूर्वमन्त्री आङ छिरिङ शेर्पाको नेतृत्वमा गठन भएको अध्यक्ष मण्डलले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको थियो । उद्घाटन, दोस्रो र तेस्रो गरी तीन चरणमा विभाजन गरि भएको कार्यक्रममा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेश भएको थियो । त्यस्तै, समसामयिक अवस्था र विश्व परिभेषको विषयमा बक्ताहरुले आफ्नो धारण राख्नुभएको थियो ।
विश्व शेर्पा दिवस २०२३ का साथमा भएको महाधिवेशनको उद्घाटन ठुल्सिक रिन्पोछेको याङसी क्याब्जे जिग्मे कुन्ख्यापबाट गर्नुभएको थियो । उद्घाटन सत्रमा शेर्पा समुदायका विशिष्ठ व्यक्तित्वहरु, पूर्व मन्त्री, सांसद, जनप्रतिनिधि लगायतले धारण राख्नुभएको थियो ।
उद्घाटन सत्रकै अवसरमा शेर्पा संघ अमेरिकाले शेर्पा दिवसकै अवसरमा बार्षिक रुपमा प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार तेह्रथुमकी पत्रकार लक्की शेर्पालाई प्रदान गरिएको नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिनुभयो । भारत, अमेरिका, युरोप लगायत विभिन्न १७ देशको प्रतिनिधिहरु सहभागि रहेको सम्मेलनमा अधिकांश देशका प्रतिनिधिहरु भर्चुअल माध्यमबाट सहभागि रहनुभएको निवर्तमान महासचिव पासाङ ग्याली शेर्पाले जानकारी दिनुभयो ।
महाधिवेशन सम्पन्न भएसँगै शेर्पा दिवसको अवसरमा प्रतिनिधिहरु सिन्धुपाल्चोको शेर्पाहरुको पुरानो वस्ती भोटेकोशी ४ को सेलाङकट्टीको दुई दिने भ्रमण गर्ने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार