खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पाको पद सदर

काठमाडौं (सार्वजनिक) । खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा विरुद्धको रिट खारेज गर्दै पदलाई सदर गरेको छ । उच्च अदालत विराटनगर अस्थायी इजालस ओखलढुंगाले शेर्पा विरुद्धको रिट खारेज गरेको हो ।
न्यायधीशद्धय लेखनाथ पौडेल र शकुन्तला घिमिरेको संयूक्त इजालसले शेर्पाको उम्मेदवारी विधिवत रहेको ठहर गर्दै उनी विरुद्धको रिट खारेज गरेको रजिष्टार संजिव पोखरेलले जानकारी दिनुभयो ।
अध्यक्ष शेर्पा विरुद्ध प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र वस्नेतले विदेशी नागरिकता वाहक भएकै अवस्थामा निर्वाचनमा भाग लिएको भन्दै आफूलाई गाउँपालिका अध्यक्ष घोषित गरि पाउँ भनि उच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो ।
अध्यक्ष शेर्पाले कानून संवत नै निर्वाचनमा भाग लिएको र अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त गरेको देखिएकाले रिट खारेज गरेको जनाइएको छ । आदेशको पूर्ण पाठ आउन बाँकी छ । अध्यक्षकोतर्फबाट बरिष्ठ अधिवक्ता हर्कबहादुर राई, एकराज कटवाल, टुकराज निरौला, मेघहरि आचार्य र अभिवक्ता चुडामणि अधिकारीले बहस गर्नुभएको थियो । त्यस्तै, रिट निवेदकको तर्फबाट अधिवक्ता गुरुबहादुर वस्नेत र टेकबहादुर राईले बहस गर्नुभएको थियो भने उच्च सरकारी वकिलका न्यायधिवक्ता रामहरि शर्मा काफ्लेले समेत वहस गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार