पलापुमा घाँस कट्न गएकी मगरको लडेर मृत्यु

काठमाडौं (सार्वजनिक) । घाँस काट्न भनि गएका एक महिलाको भीरबाट लडेर ज्यान गएको छ । ओखलढुङ्गाको चम्पादेवी–१ दासिङटारकी ३० बर्षीयाी संगीता मगर घाँस काट्ने क्रममा भीरबाट लडेर ज्यान गएको हो ।

साउन ३१ गते (बुधबार) दिउँसो दुई बजेको समयमा घाँस काट्न घरबाट गएकी मगर राति अवेरसम्म घर नफर्किएपछि आफन्तहरुले खोजतलास गर्ने क्रममा नजिकै सखारी पाखामा मत फेला परेको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाले जनाएको छ । भीरमा करीव २ सय ५० मिटर तल लडि घटनास्थल मै ज्यान गएको भन्ने खबर विहिबार विहान प्राप्त हुन साथ प्रहरी चौकी पलापुबाट खटिएको टाली खटिएको थियो । घटनाको सम्वन्धमा अनुसन्धान गर्न र थप कानूनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा परिचालित टोलीले आवश्यक कानूनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमको लागि रामेछापको मन्थली पठाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार