अध्यक्ष शेर्पाको मुद्धामा निवेदनको प्रमाणित प्रतिलिपी माग गर्ने आदेश

ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा विरुद्ध गैरनागरिकको हैसियतमा निर्वाचनमा सहभागि भएको मुद्धामा प्रमाणित प्रतिलिपी माग गर्ने आदेश भएको छ । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले नागरिकता पुनः प्राप्ति सम्वन्धि कागजातहरुको प्रमाणित प्रतिलिपी माग गर्ने आदेश भएको हो ।
न्यायधीशहरु रमेशबहादुर थापा र शकुन्तला घिमिरेको संयूक्त इजालसले ‘प्रत्यार्थी गम्बु शेर्पाले नेपाली नागरिकता पुनः कायम गरी पाउँभनि इलाका प्रशासन कार्यालय, खिजीफलाटेमा दिइएको निवेदन र कुनै निर्णय भए सो निर्णयको प्रतिलिपी प्रमाणित गरी झिकाई नियमानुसार पेश गर्नू’ भन्ने आदेश जारी गरेको अदालतले जनाएको छ ।
साउन ३१ गते संयूक्त इजालशमा तोकिएको पेशमा बहस हुँदा अध्यक्ष शेर्पाले नागरिकता प्राप्तिका सन्दर्भमा पेश गरेका अनुसूचि, इलाका प्रशासन कार्यालयले गरेको निर्णय लगायत नागरिकता पुनः कायम सन्दर्भमा पेश भएका कागजातको प्रमाणित प्रतिलिपी माग गर्ने आदेश भएको जनाइएको छ ।
उत्प्रेशष्ण मिश्रित परमादेश मुद्धामा प्रत्यार्थी अध्यक्ष शेर्पाको तर्फबाट बरिष्ठ अधिवक्ता राई, अधिवक्ताहरु एकराज खतिवडा, टुकराज निरौला र मेघहरि आचार्यले बहस गर्नुभएको थियो । त्यस्तै, अभिवक्ता चन्द्रमणि अधिकारीले समेत अध्यक्ष शेर्पाको तर्फबाट बहस गर्नुभएको अध्यक्ष शेर्पाका प्रतिनिधी किशोर दोषि घिसिङले जानकारी दिनुभयो ।
रिट निवेदन बस्नेतको तर्फबाट अधिवक्ता गुरुबहादुर वस्नेत र टेबहादुर राईले वहस गर्नुभएको जनाइएको छ । अध्यक्ष शेर्पाले भने आफूले कानून र विधि पुरा गरेरै नागरिकता पुनः प्राप्ति गरेका जिकिर गर्दै आउनुभएको छ ।
अध्यक्ष शेर्पा विरुद्ध विदेशी नागरिक वाहककै हैसियतमा स्थानीय निर्वाचनमा सहभागि भएको भन्दै खिजीदेम्बा ७ रावादोलुका तत्कालिन वडा अध्यक्ष भूपेन्द्र बहादुर वस्नेतले उच्च अदालतमा परामदेश माग गर्दै रिट निवेदन दिनुभएको थियो । वस्नेतले अध्यक्ष शेर्पाको पद समेत खारेज गरी आफू निकटत् प्रतिस्पर्धी भएकाले स्वतः खिजीदेम्बा गाउँपालिकाको अध्यक्षमा घोषणा गरी दिन समेत माग गरेपनि अदालतले परामदेश जारी गर्न अस्वीकार गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार