पन्तको अभिव्यक्ति ‘ब्राम्हानवादी’ सोचको उपजः शेर्पा संघ

काठमाडौं (सार्वजनिक) । नेपाल शेर्पा संघले एमालेका नेता रघुजी पन्तले केही समयअघि एक सार्वजनिक कार्यक्रममा शेर्पा समुदायको बारेमा दिएको अभिव्यक्ति व्राम्हानवादी सोचको उपज रहेको ठहर गरेको छ । पन्तको अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको विषयमा नेपाल शेर्पा संघको गम्भिर ध्यानाकर्षण भएको संघले जारी प्रेस नोटमा उल्लेख छ । ।
प्रेस नोटमार्फत एक जिम्मेवार राजनैतिक दलका नेताले सतही रुपमा गरेको टिप्पणीले आम शेर्पा जातिमाथि गम्भिर चोट र अपमान बोध भएको उल्लेख गर्दै यस्तो गैरजिम्मेवार पूर्ण अभिव्यक्तिबाट परेको असर कुनैपनि रुपमा क्षम्य नहुने महासचिव लाक्पा शेर्पाद्धारा हस्ताक्षरित प्रेस नोटमा भनिएको छ ।
‘शेर्पाहरु नेपालमा कहिले आए ? कति आए ? कसरी आए ? किन आए ? शेर्पा जात हो की हैन ? जस्ता विषयमा सस्तो लोकप्रियता कमाउने हेतुले पन्तले दिएको अभिव्यक्तिको विश्वभर रहेको शेर्पा समुदाय गहिरो खेद प्रकट गरेको प्रेस नोटमा उल्लेख छ ।
सघले भनेको छ ‘तथाकथित रुपमा आफूलाई विद्धान कहलाउँदै मुलुकभित्र समान र सम्मान रुपमा बसोवास गर्ने जाति, सम्प्रदाय, बर्ण र धर्ममाथि तुच्छ शब्दमा टिप्पणी गर्दै भ्रम र अस्थिरता पैदा गराउँने कुत्सित मासिकताका विरुद्ध परिवर्तनकारी, पहिचान पक्षधरहरुले कडा रुपमा प्रतिवाद गर्छ, गर्नुपर्दछ ।’
विश्वमा शेर्पाको छुट्टै पहिचान र वीरताको गाथा रहेको उल्लेख गर्दै शेर्पाहरुको सहास, वीरताले नै आज नेपाल विश्व सामु छुट्टै पहिचान बनाउन सफल भएको संघको दाबी छ । शेर्पाहरु कहिले नेपाल आए भन्ने सन्र्दभमा मित्रराष्ट्र चीन र नेपालवीच राजनैतिक सिमांकन हुँदा तत्कालिन अवस्थामा शेर्पा समुदाय नेपाल पट्टीको भूभागमा परेको उल्लेख गर्दै संघले प्रेस नोटमार्फत भनेको छ ‘पूर्वतिर वसोवास गर्ने मानिस भनेर शेर्पा परिभाषित भएको हो ।’ पन्तले शेर्पा जाति नेपालमा भरखरै भित्रिएको, ६–७ बर्षअघि मात्रै आएको भन्ने अभिव्यक्ति हस्याँस्पद र तथ्यहीन रहेको दाबी गर्दै संघले पन्तको अभिव्यक्ति ‘अतिजातिवाद र व्राम्हानवादी सोचको उपच मात्रै हो ।’ भनेको छ ।
पन्तले आफ्नो गलत अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै संघले ‘पन्तले अभिव्यक्ति सच्याएर माफी माग्नुपर्ने समेत उल्लेख गरेको छ । ‘जुनसुकै समय जस्तो सुकै अवस्थामा दिएको अभिव्यक्ति भएपनि सच्याएर आम समुदायमा याचना नगरेसम्म कडा रुपमा प्रतिवाद हुने र भ्रमको खेती गर्नेहरुको विरुद्ध इटाको जवाफ पत्थरबाट दिन सदैव शेर्पा समुदाय तत्पर छ ।’ भनिएको छ ।
संघले कोही कसैले कुनै जाति, धर्म, सम्प्रदायमाथि सतहीमा टिप्पणी गर्दै सामाजिक सद्भाव, सहिष्णुता र भाइचाराका नातामाथि प्रहार गर्ने कार्य गरेमा सहन नसकिने उल्लेख गर्दै यस्ता गलत अभिव्यक्ति र क्रियाकलापका विरुद्ध एकजुट भई प्रतिवाद गर्न समेत आह्वान गरेको छ ।

पन्तले २०७८ मा पार्टी निकट एक संगठनले आयोजना गरेको कार्यक्रममा शेर्पा समुदायबारे अभिव्यक्ति दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार