सोलुदुधकुण्ड १० र खिजीदेम्बा जोड्ने सडक स्तरोन्नती हुने

ओखलढुंगा  । सोलुदुधकुण्ड नगरपालिका र ओखलढुंगाका विभिन्न स्थानीय तहका जनप्रतिनिधीवीच समन्वयात्मक छलफल सम्पन्न भएको छ । ओखलढुंगा र सोलुखुम्बुका स्थानीयहरुको आयोजनामा सोलुदुधकुण्ड नगरपालिका १० को झाप्रेमा छलफल सम्पन्न भएको हो ।
छलफलमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पा, सिद्धिचरण नगरपालिका वडा नंं ६ का अध्यक्ष मेखबहादुर मगर लगायत उपस्थितीमा विभिन्न महत्वपूर्ण विषयमा छलफल भएको खिजीदेम्बा ९ का गेल्बु शेर्पाले जानकारी दिनुभयो ।
अन्तर जिल्ला तथा अन्तरपालिका समन्वयमा विकास, नीतिनिर्माण, सांस्कृतिक, प्राकृतिक, धार्मिक र पर्यटकीय क्षेत्रमा सामुहिक र साझेदारीमा काम गर्ने सम्वन्ध छलफल भएको जनाइएको छ । त्यस्तै, अन्तर जिल्ला जोड्ने सडकहरुलाई बाह्रै महिना सञ्चालनका लागि समेत सामूहिक पहल गर्ने सहमति भएको मोलुङ ७ स्थित पात्ले माविका प्रधानाध्यापक लाक्पा शेर्पाले जानकारी दिनुभयो । जसका लागि सोलुदुधकुण्ड नगरपालिकाले औजार र अपरेटर उपलब्ध गराउने र अन्य स्थानीय तहले इन्धन जोहो गरि तत्काल स्तरोन्नती गर्ने भएको छ ।
खिजीदेम्बा ८ का डब्बलबहादुर वस्नेतको अध्यक्षतामा भएको छलफलमा जन्तरढाप, खाम्दीङ, झाप्रे, मोलुङ हुँदै खिजीदेम्बा सडकलाई प्रादेशिक आयोजनाको रुपमा अघि बढाउन सबै स्थानीय तहले प्रस्ताव कोशी प्रदेश सरकारमा पेश गर्ने तयारी गर्ने समेत निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार