खिजीदेम्बामा अध्यक्ष र कार्यालय प्रमुखवीच २२ बुँदे कार्यसम्पादन सम्झौता

ओखलढुंगा (सार्वजनिक) । खिजीदेम्बा गाउँपालिका अध्यक्षसँग प्रमुख प्रशासकीय अधिकृतले २२ बुँदे कार्यसम्पादन सम्झौता गरेको छ । अध्यक्ष गम्बु शेर्पासँग प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले आर्थिक बर्ष २०८०।८१ का लागि कार्यसम्पादन सम्झौता गरेको हो ।
सम्झौतामा बार्षिक कार्यक्रम तथा बजेट तर्जुम ा गर्न सहयोग गर्ने, स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन गर्ने, गराउने, पालिकाको चलअचल सम्पतीको संरक्षण गर्ने, लगत राख्ने तथा अध्यावधिक गर्ने, अध्यक्षको निर्देशनमा कार्यपालिका र सभाको वैठक बोलाउने र वैठक सम्वन्धि अन्य कार्य गर्ने, गराउने लगायत रहेका छन् ।
त्यस्तै, कानून निर्माणका लागि मस्यौदा तयार गर्ने, आयोजनाहरुको फरफराकका लागि प्रतिवेदन तयार गरी कार्यपालिका वैठकमा पेश गर्ने, न्यूनतम दररेट निर्धारण गर्ने, घुम्ती सेवा सञ्चालन तथा सार्वजनिक सुनुवाई आयोजना गर्ने, आगामी आर्थिक बर्षको बार्षिक बजेट सीमा प्रत्येक बर्षको वैशाख १५ गतेभित्र विषयगत शाखा तथा वडा समितिलाई बजेट सिलिङ्ग उपलब्ध गराउने लगायत बुँदामा सम्झौता भएको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
त्यस्तै, आफूसँग गाउँपालिकाको विषयगत शाखा र कर्मचारीहरुले बर्षभर गर्ने कार्यको कार्यसम्पादन सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत मगरको भनाइ छ । सुशासन कायम गर्दै, छिटो छरितो र मर्यादित रुपमा सेवा प्रदान गरी गाउँपालिकाले हासिल गर्नुपर्ने सूचांकहरु समयमै उपलब्ध गर्न, गराउन कार्यसम्पादन सम्झौता भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार