नवउद्यमी समूहलाई बोयर बोका वितरण

ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बामा गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत कृषकहरुलाई बोयर वोका वितरण गरिएको छ । नयाँ उद्यमीहरुलाई समूह बनाई वडा नं. १ रगनीमा ५ वटा बोयर बोका वितरण गरेको हो ।
आर्थिक बर्ष २०७९।०८० को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पाँच जनाको पाँच वटा समूहलाई प्रति समूह एक वटाका दरले बोयर बोका वितरण गरेको म्याडपका सहजकर्ता सिमोन घिमिरेले जानकारी दिनुभयो ।
लद्यु उद्यममार्फत स्वरोजगार सृजना गरी गरिबी निवारण गर्ने कार्यक्रम अन्तर्गत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले गाउँपालिकाको समन्वयमा लद्यु उद्यम विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । अघिल्लो आर्थिक बर्षको कार्यक्रम भएपनि बोयर बोका खोजी, खरीद लगायतका प्रक्रियाले गर्दा साउन महिनामा वितरण गरेको लद्यु उद्यम सहजकर्ता घिमिरेको भनाइ छ ।
मेडपाले कृषि, वन पैदावारमा आधारित कच्चा पदार्थबाट वस्तु उत्पादन, कृषि, वन पैदावारसँग सम्बन्धित र सेवा उत्पादन, प्रदान गर्ने, पर्यटन, निर्माण, सूचना तथा सञ्चार प्रविधि, उर्जा, उत्पादन र खनिज उद्योगहरुलाई प्रबद्र्धन गरी रोजगारी सिर्जनाका साथै आयस्तर उकास्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
खिजीदेम्बामा यसअघि कटाई सिलाई लगायत विभिन्न औजार उपकरणहरु कार्यक्रम अन्तर्गत लद्यु उद्यमीहरुलाई वितरण गरेको थियो । त्यस्तै, सीपमुलक तालिमहरु समेत मेडपाले सञ्चालन गरेको पालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार