सभासद आङदावा शेर्पा केन्द्रीय सदस्य मनोनित

काठमाडौं (सार्वजनिक) । संविधानसभा सदस्य, सभासद् आङदावा शेर्पा माओवादी केन्द्रको केन्द्रीय सदस्य मनोनित हुनुभएको छ । २२ जना महिला अनिवार्य थप्नु प्रवधान अनुसार शेर्पासहितलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
यससँगै सत्तारूढ माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ सय ७ सदस्यीय पुगेको छ । राजधानीमा जारी केन्द्रीय समिति वैठकमा थपिएका सदस्यहरू सहभागी भएका छन् ।
शेर्पासहित इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गीताकुमारी कँडेल चौलागाईं, गीता शाही, छमकुमारी खनाललाई केन्द्रीय सदस्य थप गरेको स्रोतले जनायो । यस्तै, दिलमाया बूढामगर, नीरमाया श्रीस, नीशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार पनि केन्द्रीय कमिटीमा थपिएका छन् । सीता दाहाल, सुशिला घिमिरे, सुशीला पौडल, सूर्यकुमारी विक, शरू चौधरी पनि थपिएका केन्द्रीय सदस्य हुन् ।
२०७८ पुसमा सम्पन्न नवौं महाधिवेशनले केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत पु¥याउने निर्णय गरे पनि हालसम्म कार्यान्वयन भएको थिएन।
बुधबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्ने सांगठनिक प्रतिवेदनमा ३५ प्रतिशत महिला पु¥याउन २२ जना थप्ने प्रस्ताव गरिएको थियो।
निर्वाचन आयोगमा दलका सदस्यहरूको विवरण बुझाइहाल्नुपर्ने भएकाले माओवादीलाई तत्काल केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला पु¥याउनुपर्ने बाध्यता छ।
त्यसका लागि २२ जना महिला थप्ने प्रस्ताव अध्यक्ष प्रचण्डले सांगठनिक प्रतिवेदनमा प्रस्ताव गरेका हुन्।
उनको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि केन्द्रीय कमिटीमा २२ महिला नेता थपिएका हुन्। त्यसअघि केन्द्रीय कमिटी ३८५ सदस्यीय थियो।
१७ गतदेखि चलेको केन्द्रीय कमिटीमा सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमा धारणा राखिरहेका छन्। मनोनित शेर्पा सोलुखुम्बुबाट प्रतिनिधित्व गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार