पहिचान त निश्चल प्रेम जस्तै पो रहेछ

दावा शेर्पा

आज लेखे मैले
धोकेबाजीमा अल्झेको पहिचान
पहिचान चोखो, निश्चल सच्चा प्रेम जस्तै रहेछ
पाउने आशा भएको तर प्राप्त गर्न अति गाह्रो रहेछ !
माया गर्नेहरु बीच नै अन्तरद्वन्द्व र धोकेबाजी
माया गर्नेहरु बीच नै विश्वास घात अनि सौदाबाजी !!
एकले अर्कालाई घृणा गरेर कसरी प्रेम होला र ?
आपसमा उपेक्षा गरेर कसरी सुमधुर सम्बन्ध होला र ??
सह–अस्तित्वको सम्बन्ध यो बुझ्न सकेनौ तिमीले प्यार
सहकार्यले अघि बढ्नु पर्नेमा रुप र बलले देखायौ अहंकार !!
किन यसरी हतारो गर्छौ लामो दुरीको यात्रा हिड्नु छ हामीले
गन्तब्य एक हुँदाहुँदै बिचमा हात नछोडौ न पृयाले !
वियोगान्त प्रेमकथा झैँ धोकेबाजीमा अल्झेको पहिचान
अमर पार्नु छ हामीले यो कथा, किन बोकेर लादैछौ समशान !!

(लेखकः जसपा निकट शेर्पालुङ्ग राष्ट्रिय समितिको संयोजक हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार