सोलुखुम्बुमा कोशी प्रदेश नाम खारेजी माग

No photo description available.सोलुखुम्बु (सार्वजनिक) । कोशी प्रदेश पुन: नामाङ्कन संयुक्त संघर्ष समिति सोलुखुम्बुले कोशी नाम खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा ज्ञापन पत्र बुझाएको छ । विहिबार कोशी नाम खारेजीको माग गर्दै समितिले प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईलाई ज्ञापन पत्र बुझाएको हो ।

No photo description available.

फागुन १७ गते प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामाकरण गरिएको थियो । त्यही दिन देखि पहिचान पक्षधरहरु आन्दोलनरत छन् । आन्दोलनकै शिलशिलामा सोलुखुम्बुमा असार ३० गते पहिचान पक्षधर समुदायले प्रदेश नम्बर १ पुन ः नामाङकन संयुक्त संघर्ष समिति सोलुखुम्बु गठन गरी आन्दोलनको कार्यक्रम घोषणा गरिएको नेपाल शेर्पा संघका केन्द्रीय महासचिव लाक्पा शेर्पाले जानकारी दिनुभयो ।

No photo description available.
कोशी नाममा हस्ताक्षर गर्ने ८२ जना सांसदलाई जिल्ला प्रवेशमा निषेध, संसदहरु उपस्थित हुने सार्वजनिक कार्यक्रम बहिस्कार, सरकारी लगायत विभिन्न कार्यालयमा लेखिएको कोशी नाम हटाउने लगायतका कार्यक्रम घोषणासहित प्रदेशको नाम खारेज गर्न ज्ञापन पत्रमा बुझाइएको जनाइएको छ ।

No photo description available.

आदिवासी जनजाती महासंघ सोलुखुम्बुका संयोजक राम संघर्ष किराँती, नेपाल शेर्पा संघ सोलुखुम्बुका अध्यक्ष मिङमार शेर्पा, किरात रोदु नाछिरिङ साखाम केन्द्र सोलुखुम्बुका अध्यक्ष गणेश बाबु नाछिरिङ, नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य शारदा माया तामाङ, जिमी राई उत्थान समाज सोलुखुम्बुका अध्यक्ष डाक बहादुर राई, नेपाल मगर संघ सोलुखुम्बुका सचिवालय सदस्य रस्विन मगर, किरात खालिङ राई उत्थान संघ सोलुखुम्बुका सचिवालय सदस्य महेश खालिङ राई, किरात बाहिङ मुलुखिम सोलुखुम्बुका सचिवालय सदस्य हेमन्त किरात बाहिङ र भुजेल सेवा समाज सोलुखुम्बुका सचिव भलाकाजी भुजेलको सामुहिक हस्ताक्षरसहित ज्ञापन पत्र बुभाएको हो ।

No photo description available.तस्वीर सौजन्यः शिखरपाटी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार