७३ बर्षीया बृद्धामाथि बसभित्र सामुहिक बलात्कार !

दाङ (सार्वजनिक) । दाङको तुलसीपुरको नयाँ बसपार्कमा एक वृद्धा बसभित्रै सामूहिक बलात्कारकी शिकार बनेकी छन् ।

उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो ।
विहिबार राति करिब १२ः३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा बृद्धामाथि जवरजस्ती भएको जनाइएको छ ।

बलात्कारमा संलग्न तुलसीपुर–१५ का पुष्कर रोका र सल्यानको कुमाख–७ का रेशम विकलाई इप्रका र बसपार्क चौकीका प्रहरीले घटनास्थलबाटै पक्राउ गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार