बृद्धाभत्ता नविकरण गर्न जाँदा बाटैमा मृत्यु

काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको लिखु गाउँपालिका ९ मा बुधबार एक बृद्धको ज्यान गएको छ । सामाजिक सुरक्षा भत्ता नविकरण गर्न वडा कार्यालय जाने क्रममा बोलकतिका ७३ बर्षिय दलबहादुर तामाङको बाटैमा ज्यान गएको हो ।
विहान ९ बजे घरबाट वडा कार्यालय जाने भन्दै निस्किएका तामाङको दिउँसो ३ः३० बजे वडा कार्यालय भन्दा ५० मिटर अगाडी बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका सूचना अधिकारी देवेन्द्र दासले जानकारी दिनुभयो । तामाङले दमको औषधी सेवन गर्दै आएको आफन्तले जनाएको छ ।
घटना स्थलमा प्रहरी चौकी गाम्नाङटार र इलाका प्रहरी कार्यालय खिजीफलाटेबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले कानूनी प्रक्रिया पूरा गरी मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल, रामेछाप पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार