खिजीफलाटे आउँदै गरेको बस चिप्लेमा दुर्घटना

ओखलढुंगा (सार्वजनिक) । काठमाडौंबाट ओखलढुंगाको खिजीफलाटेका लागि छुटेको बस दुर्घटना भएको छ । रोशी गाउँपालिका वडा नं. ११ चिप्लेमा वस दुर्घटना भएको इलाका प्रहरी चौकी मंगलटारले जनाएको छ ।
प्रहरीका अनुसार ब ५ ख ५८१७ र विपरित दिसाबाट आएको प्र १–०१–००१ ख ४२३७ वस आपसमा ठोक्किएर दुर्घटना भएको थियो । घटनामा परि चार जना घाइते भएको प्रत्यक्षदर्शी निमा रिता शेर्पाले जानकारी दिनुभयो ।

खिजीदेम्बा फूर्वा शेर्पाको टाउकोमा चोट लागेको र रमेश तामाङको खुट्टामा चोट लागेको जनाइएको छ । दुर्घटना लगतै घाइतेको उद्धार गरी उपचारका लागि लगिएको र बाँकी यात्रुलाई अर्को वस झिकाई गन्तव्यतर्फ पठाइएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार