मंगलबार लिखित जवाफ पेश गर्ने अध्यक्ष शेर्पाको तयारी

अन्जना राई (अन्जु)

काठमाडौं (सार्वजनिका) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले आफू विरुद्धको रिटको साउन २ गते मंगलबार जवाफ दर्ता गर्ने भएको छ । विहान ११ बजे रिटको जवाफ दर्ता गर्ने तयारी भएको अध्यक्ष शेर्पाका कानूनी सल्लाहकार बरिष्ठ अधिवक्ता हर्कबहादुर राईले जानकारी दिनुभयो ।
अमेरिकी नागरिकको हैसियतमा नै स्थानीय तहको निर्वाचनमा भाग लिएको भन्दै प्रतिस्पर्धी भूपेन्द्र वस्नेतले अध्यक्ष शेर्पा विरुद्ध रिट दर्ता गर्नुभएको थियो । रिटको सम्बन्धमा उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको थियो । अध्यक्ष शेर्पाले असार २१ गते म्याद बुझेको र मगलबार लिखित जवाफ पेश गर्न लागेको जनाइएको छ ।
अध्यक्ष शेर्पाले आफू विरुद्धको आरोप झुट्ठो रहेको दाबी गर्दै आउनु भएको छ । सबै प्रकृया पूरा गरेर नागरिकता पुनः प्राप्ती गरेको, अमेरिकी नागरिकता मौकामा त्यागेको र सोको निस्सा पेश गरेरै नागरिकता लिएको र सोही अनुरुप स्थानीय तहको निर्वाचनमा भाग लिएको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार