ओखलढुंगामा मुद्धाको मेलमिलाप दर न्यून

उच्च अदालतका ओखलढुंगाका न्यायधीश सकुन्तला घिमिरे

जसिहब राई

काठमाडौं (सार्वजनिक) । ओखलढुगामा मुद्धाको मेलमिलाप न्यून हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ दशमलव ६६ प्रतिशत मात्रै मुद्धा मेलमिलाप भएको तथ्याङ्क छ ।
अस्थायी इजालसमा ४२ थान मुद्धा मेलमिलाप हुने संभावन रहेकोमा अदालतले आर्थिक बर्ष २०७९।०८० मा १२ वटा मेलमिलापका लागि आदेश भएको थियो । जसमध्ये २ वटा मेलमिलाप भएको र ९ वटा असफल भएको रजिष्ट्रार संजिव पोखरेलले जानकारी दिनुभयो । आदेश भएको मध्ये एउटा मुद्धा मेलमिलापको प्रक्रियामा रहेको रजिष्ट्रार पोखरेलको भनाइ छ ।
भौगोलिक दृष्टिले टाढा, मेलमिलापकर्तामा तालिम, ज्ञानको अभाव, मेलमिलापका लागि आउँदाजाँदा पर्न आउने खर्चभारका कारण पक्षहरु मेलमिलापका लागि नआउने गरेको जनाइएको छ ।
मेलमिलापको नीति अनुसार ५ पटकसम्म पक्षविपक्षलाई राखेर छलफल गरी मुद्धाको टुंग्याउनुपर्ने हुन्छ तर पटक–पटक छलफल गर्दापनि कतिपय मुद्धाहरु किनारा नलाग्ने अवस्था हुने भएकाले पनि समस्या हुने गरेको अदालतले जनाएको छ ।
मेलमिलाप हुन नसकेका मुद्धाहरु पुनः अदालतमै फर्किने र नियमित प्रक्रिया अनुसार फैसला हुने गरेको जनाइएको छ ।
यसैवीच, उच्च अदालतका ओखलढुंगाका न्यायधीश सकुन्तला घिमिरेले आमसञ्चारमाध्यममा प्राप्त हुने सबै खाले सूचना मध्ये सकारात्मकलाई मात्रै समाचार बनाई संप्रेशन गर्नुपर्नेमा जोड दिनुभएको छ । अदालतद्धारा आयोजित अन्तक्र्रिया कार्यक्रममा न्यायधीश घिमिरेले मिडियामा आउने सकारात्मक र नकारात्मक सूचना मध्ये सकारात्मकलाई मात्रै संप्रेशन गर्दा नकारात्मक भाव अन्त्य हुँदै सुसंस्कृत समाज निर्माामा सघाउ पुग्ने धारण राख्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार