नेवार समुदायको लाखे नाच शुरु

ओखलढुंगा (सार्वजनिक) । शनिबारबाट गठेमङ्गलका दिनबाट ओखलढुंगामा नेवार समुदायको लाखे नाच पनि सुरुवात भएको छ । लाखे नाच एक महिनासम्म चल्छ । ओखलढुंगा सदरमुकामको रामबजार, भैरवटोल र रमाइलोडाँडामा लाखे नाच्ने चलन छ ।
रामबजारमा परस्पारिक सेवा अनुष्ठान गुठी, भैरवटोलमा जनहित गुठी र रमाइलोडाँडा जनसेवाले लाखे नाच निकाल्ने गरेको जनहित गुठीका अध्यक्ष ध्रुव राजभण्डारीले जानकारी दिनुभयो ।
गठेमंगलका दिन भूत बगाउन फलामको औंठी लगाउने चलन छ ।  काठमाडौंका नेवार समुदायले तीन खुट्टे भूतको प्रतिमा बनाए चौबाटोमा राखी साँझ खोलामा फाल्ने चलन छ । भक्तपुरमा छुवालेबाट भूतको प्रतिमा बनाई जलाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार