जिल्ला अदालत ओखलढुंगाको ७१.०९ प्रतिशत प्रगती

कुलबहादुर तामाङ

ओखलढुंगा (सार्वजनिक) । जिल्ला अदालत ओखलढुंगाले आर्थिक बर्ष २०७९।०८० मा ७१ दशमलव ०९ प्रतिशत मुद्धा फच्र्यौट गरेको छ । प्रधानन्यायधीश समक्ष प्रस्तुत प्रतिवेदनमा तीन सय ३७ वटा मुद्धा फच्र्यौट भएको उल्लेख गरेको हो ।
प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८।०७९ बाट जिम्मेवारी सरेर आएको एक सय ९८, नयाँ दर्ता हुने दुई सय ७६ गरी चार सय ७४ अनुमान गरिएको थियो । जिम्मेवारी सरेर आएको सहित बार्षिक तीन सय २९ फच्र्यौट गर्ने लक्ष्य राखिएकोमा तीन सय ३७ वटा मुद्धा फच्र्यौट भएको जिल्ला न्यायधीश टीकाराम आचार्यद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । फच्र्यौटको आधारमा मासिक प्रगतीतर्फ बढी पौष महिनामा मात्रै ६३ वटा मुद्धा फच्र्यौट भएको देखिन्छ भने सबै भन्दा साउनमा दुई वटा मात्रै मुद्धा फच्र्यौट भएको न्यायधीश आचार्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार