प्रधानमन्त्री पत्नी दाहालको निधन

काठमाडौं (सार्वजनिक) । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान नर्भिक अस्पतालमा दाहालको निधन भएको हो ।

प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले बुधबार बिहान ८ः३५ बजे दाहालको निधन भएको जानकारी दिनुभयो ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित दाहाल लामो समयदेखि थला पर्नुभएको थियो । अहिले भने दाहाललाई हृदयाघात भएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि दाहाललाई बुधबार बिहान अस्पताल लगिएको थियो । पत्नीको निधन खबर लगत्तै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुग्नु भएको छ । अन्य विशिष्ट व्यक्तित्वहरु, पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार