अस्थायी इजालस ओखलढुंगाबाट ६६.१८ प्रतिशत मुद्धा फच्र्यौट

ङावाङ गोम्बु शेर्पा

ओखलढुंगा (सार्वजनिक) । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले आर्थिक बर्ष २०७९।०८० को बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेको छ । प्रधानन्यायधीश हरिकृष्ण कार्कीको उपस्थितीमा अदालतले असार २५ गतेसम्म सम्पादन गरेका कामको प्रगती प्रस्तुत गरेको हो ।
प्रतिवेदन अनुसार अदालतले ९४.६२ प्रतिशत प्रगती हासिल गरेको छ भने यस अवधीमा ६६.१८ प्रतिशत मुद्धा फैसला भएका छन् । तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७८।०७९ मा ८५ वटा मुद्दा जिम्मेवारी सरेर आएकोमा सबै फच्यौट भएको छ । त्यस्तै, जिल्लामा यस अवधीमा २ सय ६२ वटा नयाँ मुद्धा दर्ता भएकोमा २ सय २९ वटा फच्र्यौट भएका छन् ।
अदालतमा छ महिनाभित्रका एक सय नौ वटा, छ महिनादेखि एक बर्षभित्रका नौ वटा गरी एक सय १८ वटा मुद्धा फच्र्यौट हुन बाँकी रहेको रजिष्ट्रार सन्जिव पोखरेलले जानकारी दिनुभयो ।

No description available.
त्यस्तै, अदालतको फरक मुद्दा व्यवस्थापन पद्धतीइको कार्यान्वयन तर्फ मुद्धा तथा रिटको लागत विवरणमा तीन सय ४७ वटा रहेकोमा दुई सय २९ वटा फच्यौट भएको जनाइएको छ । यस अन्तर्गत अदालतले सरल, सामान्य र विशेष गरी तीन वटा मार्ग समूह विभाजन गरेको थियो ।
अदालतले रिट निवेदन बाहेकका मुद्धाहरुको विषयगत वर्गीकरण अनुसार सरकारवादी फौजदारीतर्फ जिम्मेवारी ५६ मध्ये सबै फछ्र्यौट भएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, नयाँतर्फ एक सय ९३ वटा दर्ता भएको र एक सय १५ फछ्र्यौट भई ७८ वटा बाँकी रहेको जनाएको छ । त्यस्तै, दुनियावादी फौजदारीतर्फ दुई वटा जिम्मेवार सरेर आएको सबै फछ्र्यौट भएको र नौ वटा नयाँ मुद्धा दर्ता भएकोमा दुई वटा फछ्र्यौट भएको र सात वटा बाँकी रहेको रजिष्ट्रार पोखरेलले जानकारी दिनुभयो ।
त्यस्तै गरी दुनियाँवादी देवानीतर्फ ११ वटा जिम्मेवारी सरेर आएकोमा सबै फछ्यौट भएको र नयाँ दर्ता दुई सय २२ वटा भएकोमा एक सय २१ वटा फछ्र्यौट हुँदा एक सय एक वटा बाँकी रहेको उल्लेख गरेको छ ।
यस अवधीमा अदालतले ७१ हजार ६ सय ९३ रुपैयाँ राजस्व र ११ लाख ९५ हजार १ सय ४३ रुपैयाँ ५ पैँसा धरौटी रकम संकलन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार