मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते

अन्जना राई (अन्जु)

काठमाडौं (सार्वजनिक) । मगलबार मोटरसाइकल दुर्घटना परि तीनजना घाइते भएका छन् । ओखलढुङ्गाको जिल्ला सदरमुकाम स्थित जिविस चोकमा भएको दुर्घटनामा २५ बर्षीया मादवी सुनुवार, बर्ष शेषराज खतिवडा र बर्ष २४ का सुनिता राई घाइते भएका हुन् ।
सदरमुकामबाट मोलुङ गाउँपालिकाका ४ हर्कपुर तिर जाँदै गरेको प्र २–०३३ प १६३० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
घाइते हुनेमा सुनुवार सिद्धिचरण ११ सोब्रु, खतिवडा र राई मोलुङ ४ हर्कपुरका हुन् । खतिवडाले चलाएको मोटरसाइकलले पैदल यात्री सुनुवारलाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीको भनाई छ ।
घाइतेहरुको सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवेन्द्र दासले जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार