मनाङ एयरको हेलिकोप्टर दुर्घटना !

ओखलढुंगा (सार्वजनिक) । मनाङ एयरको हराइरहेको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेस्थित लामजुरा क्षेत्रमा दुर्घटना भएको छ । लाक्लाको सुर्केबाट काठमाडौंतर्फ उडेको हेलिकोप्टर दुर्घटना भएको अपुष्ट खबर आएको सोलुखुम्बु प्रहरीले जनाएको छ । ६ जना यात्रु सवार छन् ।
घटनाको जानकारी आउन साथ जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले लिखुपिके र वेनीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाईएको सूचना अधिकारी राम किशोर साहले जानकारी दिनुभयो । ‘लिखुपिके सिमना लामजुरामा दुर्घटना भएको भन्ने अपुष्ट खबर छ । आधा घण्टामा हाम्रो टोली पुगेपछि एकिन हुन्छ ।’ प्रहरी निरीक्षक साहले भन्नुभयो ।
हराईरहेको हेलिको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर समेत पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलले जानकार िदिनुभयो ।
काठमाडौंबाट लुक्ला उडानमा यो पास बीचमा पर्छ । मनाङ एयरको एनएलए–एमभी हेलिकप्टर उडेको केही समयमा नै सम्पर्कबिहीन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार