श्रमदान गर्दा गर्दै अध्यक्ष शेर्पाले बुझे ‘म्याद’ !

जसिहव राई

काठमाडौं (सार्वजनिक) । ओखलढंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा विहिबार (असार २१ गते) ‘ओखलढुंगा सदरमुकामबाट खिजीदेम्बा जोड्ने ह्योलुङ–वन्से–खिजीफलाटे सडक’ मर्मतका लागि श्रमदान गर्दै थिए । केही समयअघि आएको भिषम बर्षातका कारण ठाउँठाउँमा पहिरोले बाटो अबरुद्ध थियो । त्यस्तै, बाढीले योलुङ खोलामा राखिएको ह्युम पाइपले धन्न नसकेर खोला समेत थुनिएर आवातजावतमा समस्या भएको थियो । खोलामा आवातजावत गर्न नसक्ने भएपछि खिजीदेम्बाको ओखलढुंगासँग सवारीमार्फतको सम्बन्ध केही दिन टुटे ।

No description available.गाउँपालिका र पार्टीको विभिन्न काम लिएर राजधानी पुग्नु भएका शेर्पालाई गाउँपालिकाको यस्तो खबरले तत्कालै फर्किन वाध्य तुल्यायो । अध्यक्ष शेर्पा मगलबार साँझ खिजीफलाटे आइपुग्ने भयो र बुधबार कार्यालयको केही काम सकेर खिजीदेम्बा वडा नं. ३ चण्डेश्वरीमा अबरुद्ध बाटो सफा गर्न जेसिवि लिएर निस्किनु भयो । काठमाडौंबाट खिजीफलाटे जोड्ने मूलसडकमा गाडी फस्ने समस्या समाधान गरेर अध्यक्ष शेर्पा लगतै ह्योलुङ खोला जोड्ने सडक खण्ड मर्मतका लागि स्थानीय युवाहरु समेत लिएर बाटो खुलाउन पुग्नु भयो ।

No description available.
खिजीफलाटेदेखि ह्योलुङ खोलासम्मको सडक करीव १२ घण्टा लगाएर खुलाउन सफल भएको वडा नं. ६ का अध्यक्ष पासाङ निमा शेर्पाले जानकारी दिनुभयो । जसमा गाउँपालिकाबाट जेसिवि मेसिन र स्थानीय श्रमदान परिचालन गरिएको थियो । सडक अवरोध खुलाउन श्रमदान गर्दै गर्दा अध्यक्ष शेर्पाले विच बाटा मै एउटा मुद्धाको म्याद समेत बुझ्नु भयो । श्रमदान गर्दै गर्दा आफू विरुद्ध नागरिकता पुनः प्राप्ती प्रकरणमा जोडिएर उच्च अदालतमा दर्ता भएको मुद्धाको म्याद बुझ्नु भएको हो ।
अध्यक्ष शेर्पाले भन्नु भयो ‘श्रमदान गरेर बाटो खुलाउँदै थिएँ, तामेलदारसाथीहरु आउनु भएको रहेछ, म विरुद्धको मुद्धाको म्याद बुझाउन, बाटोमै बुझेर सहीछाप गरेर पठाएँ ।’ अध्यक्ष शेर्पा म्याद बुझेपछि पनि निरन्तर स्थानीयहरुसँग ढुंगा उचाल्ने, बाटो फ्याँक्ने, झाडी सफा गर्ने, कुलो काट्ने काममा क्रियाशिल हुनु भएको स्थानीय कुशाङ शेर्पाले जानकारी दिनुभयो ।

No description available.

अध्यक्ष शेर्पा विरुद्ध गैर नेपाली भएकै अवस्थामा स्थानीय निर्वाचनमा भाग लिएको, अमेरिकी नागरिकता त्याग नगरेको लगायतको आरोपमा उच्च अदालतमा कांग्रेस नेता भूपेन्द्र वस्नेतले रिट दायर गर्नुभएको थियो । रिटको पहिलो चरणमा सुनुवाई गर्दै उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले १५ दिनभित्र जवाफ पेश गर्न आदेश जारी गरेको छ । अदालतले जारी गरेको म्याद बुझ्दै अध्यक्ष शेर्पाले आफूले सबै प्रक्रिया पूरा गरेर नै नागरिकता पुनः प्राप्त गरेको प्रतिक्रिया दिनुभयो । सार्वजनिकसँग छोटो प्रतिक्रिया दिनु हुँदै अध्यक्ष शेर्पाले भन्नुभयो ‘मसँग अमेरिकी विशिष्ट नागरिकको हैसियतमा नागरिकता थियो । १८ बर्ष अमेरिकी बसाई त्याग्ने निधो गरेसँगै नागरिकता त्याग्ने घोषणा गरेँ । अमेरिकी कानून अनुसार विधिपूर्वक नागरिकता त्यागेर आएँको हु । फेरि अमेरिकी नागरिक बन्दिन भनेर सपथ खाई, निस्सा लिएर आएको हुँ ।’ नेपाली नागरिकता पुनः प्राप्तीको सन्दर्भमा अध्यक्ष शेर्पाले इलाका प्रशासन कार्यालयबाट नागरिकता ऐन २०६३ अनुसार अमेरिकी नागरिकता त्यागेको निस्सा पेश गरेर नागरिकता पुनः प्राप्त गरेको दाबी गर्नुभयो ।

No description available.
आफू निःस्वार्थ भावका साथ जनताको सेवाका लागि आएको र नागरिकको हित, खुसीका लागि अहोरात्र खटिरहेको बताउनु हुँदै आफ्नो लोकप्रियता देखेर प्रतिपक्षिहरुले अनेकन वहान झिकेर अवरोध गर्न खोजेको आरोप लगाउनुभयो । ‘म सेवा गर्न आएको हुँ, यसरी नै श्रमदान वा अन्य माध्यममार्फत जनताको सेवामा खटिनेछु । अनेक वाधा वेवधान सिर्जना गरेपनि विचलित हुने छैन्, दृढताका साथ खिजीदेम्बावासीको खुसीका लागि लागि पर्ने छु ।’ अध्यक्ष शेर्पाले भन्नुभयो ।
अध्यक्ष शेर्पाले अघिल्लो बर्षपनि बर्षातभरी श्रमदान र गाउँपालिकाको जेसिवि प्रयोग गरी गाउँपालिकाभित्र सडक अबरुद्ध हुन दिएको थिएन । शेर्पालेले श्रम संस्कृतिको विकास गर्ने र विकास निर्माणमा जनसहभागिता बढाउने उद्देश्यका साथ श्रमदान अभियान सञ्चालन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार